रोजगारीका लागि दुई महिनामै एक लाख १५ हजारले छोडे देश

हिमाल प्रेस ८ असोज २०८१ १५:५१
8
SHARES
रोजगारीका लागि दुई महिनामै एक लाख १५ हजारले छोडे देश वैदेशिक रोजगारीका लागि हिँडेका युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा। फाइल तस्बिर : सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी

काठमाडौँ- चालु आर्थिक बर्षको दुई महिनामा एक लाख १५ हजार ६ सय ७२ जना वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउनमा ५९ हजार ५ सय ७५ र भदौमा ५७ हजार चारसय ९३ जना युवाले श्रमस्वीकृति लिएर ९५ देश पुगेका छन्। श्रमस्वीकृति लिएकामध्ये ६४ प्रतिशत नयाँ र ३६ प्रतिशत बिदामा आएर पुनः  जाने गरेको विभागको तथ्यांक छ।

यो गत वर्षको तुलनामा करिब ९ प्रतिशतले बढी भएको विभागले जनाएको छ। विभागका अनुसार गत आर्थिक वर्षको पहिलो दुई महिनामा १ लाख ६ हजार ४ सय ५९ श्रम स्वीकृति लिएर विदेशीएका थिए।

पछिल्लो ३ वर्षमा २२ लाख ५४ हजार युवा रोजगारीको खोजीमा ९५ देश पुगेको विभागको तथ्यांकमा छ। वार्षिक ७ लाख १४ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा जाने गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए। उनका अनुसार दुई बर्षयता विकासित र युरोपका देश जाने कामदारको संख्या पनि बढ्दो छ।

श्रमस्वीकृति सेवा पूर्ण अनलाइन, श्रमिकमैत्री कानुन परिमार्जन र रोजगारदाता देशमा श्रमिक अभावका कारण विदेशीनेको संख्या बढेको उनको भनाइ छ।
पछिल्लो समय करारअवधि सकिएर आएका कामदार पुनः वैदेशिक रोजगारीमा जाने क्रम बढेको र व्यक्तिगत भिसामा जाने कामदारको संख्या बढेको विभागले जनाएको छ।

गत आवमा रोजगारी खोज्दै ७ लाख ४१ हजार र अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी ७ लाख ७१ हजार वैदेशिक रोजगारीमा गएको विभागका तथ्यांकमा छ।

प्रकाशित: ८ असोज २०८१ १५:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eighteen =