कोशीका मुख्यमन्त्रीले असोज २ गते विश्वासको मत लिने

हिमाल प्रेस ३१ भदौ २०८१ २०:२१
12
SHARES
कोशीका मुख्यमन्त्रीले असोज २ गते विश्वासको मत लिने हिक्मत कार्की

इटहरी- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने भएका छन्। नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै उनले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्।

संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीको नेतृत्वमा अहिले कांग्रेस पनि सहभागी भएको छ। ९३ सदस्यीय कोशी प्रदेशसभामा मुख्यमन्त्री कार्कीको दल नेकपा एमालेका ४० सांसद (उपसभामुखसहित) छन्।

कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६ (सभामुखसहित), नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद गरी ९३ जना सांसद छन्।

बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ। एमाले र कांग्रेसको बहुमत स्पष्ट छ।

प्रकाशित: ३१ भदौ २०८१ २०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − five =