गगन-विश्वसँग मिलेन देउवाको कुरा, बोलाइयो पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

हिमाल प्रेस १३ भदौ २०८१ १३:५६
10
SHARES
गगन-विश्वसँग मिलेन देउवाको कुरा, बोलाइयो पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगकुमार थापा र विश्वप्रकाश शर्माले गत फागुनमा महासमिति बैठकमा पेस गरेको प्रतिवेदन परिमार्जन गर्ने विषयमा आज पनि सहमति जुटेन। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकमा आज पनि सहमति नजुटेको हो। यसअघि मंगलबार पनि सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलाई सँगै राखेर दुई महामन्त्रीसँग कुरा गरेका थिए।

महामन्त्री थापाले निर्वाचनमा कांग्रेसले अरुसँग तालमेल नै नगर्ने विषय विधानमै उल्लेख गर्नुपर्ने विषय प्रतिवेदनमा उल्लेख गरेका छन्। अर्का महामन्त्री शर्माले पार्टीका नेताको एक्जिट पोलिसीबारे उल्लेख गरेका छन्।

यसमा शीर्ष नेताहरूले गम्भीर आपत्ति जनाएका छन्। दुई महामन्त्री यी बुँदा परिमार्जन गर्न तयार नभएपछि देउवाले पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेका छन्। बैठक शनिबार बिहान ९ बजे देउवाको निवास बूढानीलकण्ठमै बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

भदौ १६ मा बस्ने केन्द्रीय समिति बैठकअघि महामन्त्री थापा र शर्माको प्रतिवेदनमा सहमति खोज्न देउवाले शीर्ष नेताको बैठक बोलाएका हुन्।

गगन-विश्वको प्रतिवेदन परिमार्जन गर्न जुटेन सहमति, सर्‍यो केन्द्रीय समिति बैठक

कांग्रेस विवाद : देउवालाई टाउको दुखाइ बनेको गगन-विश्वको प्रस्तावमा के छ?

प्रकाशित: १३ भदौ २०८१ १३:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 6 =