पोखरामा स्कुल बस दुर्घटना

हिमाल प्रेस ७ भदौ २०८१ १६:४७
22
SHARES
पोखरामा स्कुल बस दुर्घटना

पोखरा- पोखरामा शुक्रबार स्कुल बस दुर्घटना भएको छ। दुर्घटनामा चालक घाइते छन्। पोखरा ८, नागढुंगास्थित न्यू मोडल मावि पढ्ने विद्यार्थीलाई स्कुलबाट घर छोड्ने क्रममा पोखरा १७, घारीपाटनस्थित हिमालय आँखा अस्पताल नजिकै दुर्घटना भएको हो। बस सडक छोडेर तल्लो बाटोमा रहेको ट्याक्सीमाथि चढेको छ।

स्कुलका पूर्व प्रिन्सिपल लक्ष्मण पोखरेलले चालकलाई छारेरोगको समस्या भएको र सोही कारण एक्कासि बस दुर्घटना हुन पुगेको बताए। घाइते चालकको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। विद्यार्थीहरुलाई सामान्य छन्।

गत १४ साउनमा पोखरा १७ बिरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलको विद्यार्थी बोकेको बस पोखरा २१, रामदीबाट विद्यालय फर्किदै गर्दा कृस्तीमा दुर्घटना हुँदा स्कुलका कार्यालय सहयोगी र उनका १ छोरा गरी २ जनाको मृत्यु भएको थियो। दुर्घटनामा २८ जना घाइते भएका थिए।

प्रकाशित: ७ भदौ २०८१ १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + seventeen =