‘बेहुली फ्रम मेघौली’ को तेस्रो गीत ‘छड्के सलाम’

हिमाल प्रेस ३२ साउन २०८१ १७:२२
10
SHARES
‘बेहुली फ्रम मेघौली’ को तेस्रो गीत ‘छड्के सलाम’

काठमाडौँ- फिल्म ‘बेहुली फ्रम मेघौली’ को तेस्रो गीत ‘छड्के सलाम’ सार्वजनिक भएको छ। राजधानीमा कार्यक्रम गर्दै सार्वजनिक गरिएको गीतमा काली प्रसाद बाँस्कोटा र बबीना किराँतीको स्वर छ। जयन जे वाइवाको शब्द र संगीत निर्देशन रहेको गीत ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हाे।

विवाह मन्डपमा छायांकन गरिएको गीतको भिडियोमा फिल्मका प्रायः कलाकारको रमाइलो नृत्य देख्न सकिन्छ। फिल्ममा निश्चल बस्नेत, स्वस्तिमा खड्का, सिमरन खड्का, विजय बराल, बसुन्धरा भुषाल लगायतको अभिनय छ। यसअघि निर्माण टिमले ‘उडायो मन’ र ‘बिहे गर्ने कि नगर्ने’ बोलको गीत सार्वजनिक गरेको थियो।

फिल्मका फिल्मका लेखक तथा निर्देशक साजन काफ्ले र आकाश बराल हुन्। यो उनीहरुको डेब्यु निर्देशन हो। अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता निश्चल बस्नेतको निर्माण रहेको फिल्म यसवर्ष दसैँको घटस्थापना अर्थात् असोज १७ मा प्रदर्शन हुनेछ। ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको हो। फिल्मका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन्।

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको फिल्म नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केविका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफीमा बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =