पेरिस ओलम्पिकको अन्तिम दिन आज : हालसम्म कसले कति जिते पदक?

हिमाल प्रेस २७ साउन २०८१ ८:११
24
SHARES
पेरिस ओलम्पिकको अन्तिम दिन आज : हालसम्म कसले कति जिते पदक?

काठमाडौँ- फ्रान्सको पेरिसमा जारी ३३औं संस्करणको ओलम्पिकको समापन समारोह नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ। सेन नदीमा आयोजित उद्घाटन समारोहको विपरित, ओलम्पिक समापन समारोह ८० हजार दर्शक माझ स्टेड डे फ्रान्समा भित्र हुनेछ। समापन समारोहमा खेलाडीहरूको उपलब्धि र आयोजक सहर पेरिसको सफलतालाई सेलिब्रेट गरिने छ।

समारोहमा ओलम्पिक ज्वाला औपचारिक रुपमा निभाइने छ भने लस एन्जलस ओलम्पिक २०२८ आयोजक समितिलाई ओलम्पिक झण्डा हस्तान्तरण गरिनेछ। प्रतियोगिताको अन्तिम दिन चलिरहँदा आजसम्म चीन तालिकाको अगाडि रहेको छ। चीनले हालसम्म ३९ स्वर्ण २७ रजत र २४ कास्यसहित ९० पदक जितेको छ।

अमेरिकाले हालसम्म ३८ स्वर्ण, ४२ रजत र ४२ कास्यसहित कुल १ सय २२ पदक जितेको छ। तेस्रो स्थानमा यथावत अस्ट्रेलियाले १८ स्वर्ण १८ रजत र १८ कास्य सहित कुल ५० पदक जितेको छ। पदक तालिकाको चौंथो स्थानमा उक्लिएको जापानले अहिलेसम्म १८ स्वर्ण, १३ रजत र १३ कास्य सहित कुल ४३ पदक जितेको छ। १६ स्वर्ण २४ रजत र २२ कास्य जितेको फ्रान्स पाँचौं स्थानमा छ।

आयोजक फ्रान्सले १४ स्वर्णसहित कुल ६२ पटक हात पारेको छ। दक्षिण कोरिया, नेदरल्यान्ड्स र जर्मनी क्रमशः सातौ आठौं, र नवौं स्थानमा छन्।

इटाली एक स्थान तल झर्दै १०औं स्थानमा पुगेको छ। पेरिस ओलम्पिक २०२४ मा आजसम्म सहभागी २ सय ६ मध्ये ९१ देशले कम्तिमा एक पदक जितेका छन्।
ओलम्पिक अन्तर्गत आज थप १३ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ।

प्रकाशित: २७ साउन २०८१ ८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + twenty =