फ्रान्समा हिम पहिरोमा परी ४ जनाको मृत्यु

हिमाल प्रेस २६ चैत २०७९ २२:०४
8
SHARES
फ्रान्समा हिम पहिरोमा परी ४ जनाको मृत्यु फाइल तस्बिर।

पेरिस– दक्षिणपूर्वी फ्रान्सको मोन्ट ब्लांकनजिकै आइतबार गएको हिमपहिरोमा परी ४ जनाको मृत्यु भएको फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले बताएका छन्।

‘हिम पहिरो गएको सूचना पाउदासाथ विपद् व्यवस्थापन टोलीहरू घटनास्थलमा पठाइएको छ। उनीहरूले अझै काम गरिरहेका छन्,’ डार्मानिनले ट्वीटरमा लेखेका छन्।

उनले उक्त स्थानमा करिब १ दर्जन व्यक्ति रहेको सूचनाका आधारमा उद्धारकार्य जारी राखिएको तर घटनास्थलबाट कसैलाई जीवित उद्धार गर्नसक्ने आसा क्षीण बन्दै गएको बताएका छन्।

१ हजार मिटर लामो र १०० मिटर चौडाइको हिमपहिरोमा परी मृत्यु भएका ४ जनाबाहेक अन्य ९ जना पनि उनीहरूसँगै गएको हाउटे-सावोई विभागका अधिकारीले जनाएका छन्।

हिमपहिरोपछि सम्पर्कमा आउन नसकेका व्यक्तिहरू एक वा धेरै समूहमा ग्लेसियर डी आर्मनसेटनजिकै हाइकिङ गरिरहेका थिए। पहिले मेटियो फ्रान्स नामक मौसमसम्बन्धी संस्थाले उक्त क्षेत्रमा हिमस्खलनको चेतावनी जारी गरेको थिएन।

राष्ट्रपति इम्यानुएल म्याक्रोंले ट्वीटरमा एक सन्देश लेख्दै घटनाले आफुलाई दुःखी बनाएको जनाएका छन्।

प्रकाशित: २६ चैत २०७९ २२:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =