४० वर्षमा ४५ वटा हेलिकप्टर  दुर्घटना : ८५ को मृत्यु, सबैभन्दा बढी फिस्टेलको

हिमाल प्रेस २३ साउन २०८१ १७:३०
28
SHARES
४० वर्षमा ४५ वटा हेलिकप्टर  दुर्घटना : ८५ को मृत्यु, सबैभन्दा बढी फिस्टेलको

काठमाडौँ- एयर डाइनेस्टीको हेलिकप्टर बुधबार दुर्घटना भएको छ। काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको नाइनएन–एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा दुर्घटना भएको हो।

दुर्घटनामा परी हेलिकप्टरमा सवार पाँचजनाको ज्यान गएको छ। पाइलट अरुण मल्लले उडाएको हेलिकप्टरमा चारजना चिनियाँ पर्यटक थिए।

नेपालको हेलिकप्टर दुर्घटनाको इतिहासमा यो ४० औँ दुर्घटना हो। यसअघि ३९ वटा हेलिकप्टर दुर्घटनामा ८० जनाले ज्यान गुमाइसकेका छन्। बुधबारको दुर्घटनासहित ८५ जनाको मृत्यु भएको छ।

सन् १९७९ देखि हालसम्म भएका हेलिकप्टर दुर्घटनामा सबैभन्दा बढी सातपटक फिस्टेल एयर दुर्घटना भएको छ। त्यस्तै सिम्रिक एयर पाँच र एयर डाइनेस्टी चार पटक दुर्घटनामा परेको छ।

प्रकाशित: २३ साउन २०८१ १७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast