म निष्ठापूर्व काम गर्न प्रतिबद्व छु: मन्त्री पाण्डे

हिमाल प्रेस १८ साउन २०८१ १२:२७
10
SHARES
म निष्ठापूर्व काम गर्न प्रतिबद्व छु: मन्त्री पाण्डे

काठमाडौँ- संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निष्ठापूर्व काम गर्न प्रतिबद्व रहेकाे बताएका छन्। शुक्रबार नेपाली कांग्रेस पर्यटन विभागद्वारा आयाेजित नेपाल लाेकतान्त्रिक पर्यटन व्यवसायी सम्बद्ध पर्यटन व्यवसायीसँगकाे छलफल एवम अन्तरक्रिया कार्यक्रममा बाेल्दै उक्त कुरा बताएका हुन्।

उनले संस्कृति र प्रकृतिलाई सँगसँगै लिन सकेमा पर्यटनकाे विकास हुन दाबी गरे। आफू हाल १८ घण्टा मन्त्रालयकाे काममा खटिएकाले परिणामुखी काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री पाण्डेले पर्यटनमैत्री पर्यटन नीति बन्नेमा पर्यटन व्यवसायीलाई ढुक्क रहन आग्रह गरे। उनले आफूलाई पार्टी,नेता र कार्यकर्ताकाे विश्वासमा कुठाराघात नगरि निष्ठा पूर्वक काम गर्न प्रतिबद्ध रहेकाे बताए। साथै उनले पर्यटन व्यवसायीहरूलाई व्यक्तिगत लाभका काम नभई समग्र मुलुककाे समृद्धि र विकासमा टेवा पुग्ने काम गर्ने प्रतिद्वता दाेहाेर्याए। पर्यटन व्यवसायी आफैंमा थिङट्याक्क भएकाले निष्कर्ष र निचाेड सहितकाे सुझाव दिन समेत आग्रह गरे।

प्रकाशित: १८ साउन २०८१ १२:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =