सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने

हिमाल प्रेस १६ साउन २०८१ २१:१४
6
SHARES
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने दीर्घ सोडारी, मुख्यमन्त्री सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री सोडारीले शुक्रबार प्रेदशसभाबाट विश्वासको मत लिन लागेका हुन्।

विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री सोडारीले प्रदेशसभा सचिवालयलाई आज पठाएको पत्रबमोजिम सभामुख भीमबहादुर भण्डारीले शुक्रबार अपराह्न ४ बजे प्रदेशसभाको बैठक बस्ने समय तोकेको सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए।

सत्तासमीकरण फेरिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरकारबाट बाहिरिएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता एवं मुख्यमन्त्री सोडारी गएको असार २० गतेदेखि अल्पमतमा परेका छन्। तीस दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले साउन १८ गते शुक्रबार विश्वासको मत लिन लागेका हुन्।

गएको असार १ गते प्रदेशसभामा प्रस्तुत सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेट पारित हुन नसकेर अलपत्र छ। योसँगै प्रदेश सरकारको यही साउन १ गतेदेखि राजस्व सङ्कलन र खर्च गर्नेलगायत गतिविधि ठप्प छन्।

प्रस्तुत बजेटमाथि प्रदेशसभामा छलफल गर्न ढिलाइ भइरहँदा असार २० गते एमाले सरकारबाट बाहिरिएको थियो। एमाले बाहिरिएसँगै मुख्यमन्त्रीले अध्यादेशमार्फत बजेट ल्याउने प्रयासस्वरुप असारको अन्तिम हप्तामा वर्षे अधिवेशन (बजेट अधिवेशन) अन्त्य गर्न सिफारिस गरेका थिए।

त्यसपछि अध्यादेशमार्फत बजेट ल्याउने सरकारको प्रयास भइरहँदा प्रतिपक्षी नेकपा (एमाले) र नेपाली कांग्रेसले विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखसमक्ष लिखित माग गरेको थियो।।

प्रदेश प्रमुखको आह्वानमा साउन ८ गते सुरु भएको विशेष अधिवेशनअन्तर्गत दुई दिन बसेको बैठक सञ्चालन भए पनि तेस्रो दिनको बैठकमा मन्त्रीको अनुपस्थितिका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको थियो।

सुरुका दुई दिनको बैठकमा उपस्थित भएकी सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापालाई मुख्यमन्त्रीले बर्खास्त गरेका थिए।। नेकपा (एमाले) का ११, नेकपा (माओवादी केन्द्र) का सभामुखबाहेक १०, नेकपा (एकीकृत समाजवादी)का चार, नागरिक उन्मुक्तिका दुई, स्वतन्त्र एक सदस्यको समर्थनमा गएको वैशाख ६ गते सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रकाशित: १६ साउन २०८१ २१:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + ten =