सहिद मुकेश कायस्थको परिवारलाई सुविधा दिलाउने गृहमन्त्रीको प्रतिबद्धता

हिमाल प्रेस ९ साउन २०८१ १८:२७ | Wednesday, July 24, 2024
सहिद मुकेश कायस्थको परिवारलाई सुविधा दिलाउने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौँ– गृहमन्त्री रमेश लेखकले सहिद मुकेश कायस्थको परिवारले राज्यबाट पाउनुपर्ने सुविधा दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्। बुधबार गृहमन्त्रालयमा भेट्न पुगेकी भएकी महेशसकी आमा मीरासँग गृहमन्त्री लेखकले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्।

‘संघीय लोकतन्त्रिक गणतन्त्र स्थापनामा सहिद मुकेश कायस्थको योगदान छ। राज्यबाट पाउने सुविधा दिलाउने मेरो प्रतिबद्धता भयो। म यसमा लाग्छु ,’ गृहमन्त्री लेखकले भने।

दोस्रो जनआन्दोलन (२०६२–६३) का घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको गत वर्ष वैशाख २७ गते निधन भएको थियो। तत्कालीन सरकारले जेठ २ गते मकेशलाई सहिद घोषणा पनि गरेको थियो। तर, राज्यबाट सहिद परिवारले पाउने सुविधा आफूले नपाएको मुकेशकी आमा मिराको भनाइ छ।

गृहमन्त्री लेखकसँगको भेटमा उनले भनिन्, ‘बाबु सहिद भएपछि राज्यबाट पाउनुपर्ने सुविधा पाएको छैन। राज्यबाट पाउनुपर्ने सबै सुविधा पाउनुपर्‍यो।’

सहिद घोषणा राजपत्रमामा प्रकाशित हुँदा मृत्यु भएको मिति नमिलेपछि सुविधाबाट पाउनबाट एक वर्षदेखि मुकेशको परिवार बन्चित छ। ‘राजपत्रमा मृत्यु भएको गते मिलेको छैन। मन्त्रीज्यूले त्यो सच्याएर सुविधान पाउने व्यवस्था मिलाउछु भन्नु भएको छ,’ मिराले भन्नुभयो।

यसअघि रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री आफ्नो समस्या राखे पनि सम्बोधन नभएको उनको गुनासो छ। ‘अहिले मन्त्रीज्यूले मन्त्रिपरिषद्‌मा लिएर हाम्रो माग सम्बोधन गर्छु भन्नु भएको छ। प्रधानमन्त्रीज्यूसँग पनि कुरा गर्छु भन्नु भएको छ। अब माग सम्बोधन हुने आशा राखेकी छु,’ उनले भनिन्।

सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेको लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो।

मुकेशलाई २०७८ सालमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजक रहेको लोकतन्त्रका योद्धा,अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्यांकन गर्दै ‘लोकतन्त्रका योद्धा’ सम्मान प्रदान गरेको थियो।

प्रकाशित: ९ साउन २०८१ १८:२७ | Wednesday, July 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast