एकै वर्ष १३ सय ४६ नेपालीले विदेशमा गुमाए ज्यान

रमेश भारती ९ साउन २०८१ ११:५५
60
SHARES
एकै वर्ष १३ सय ४६ नेपालीले विदेशमा गुमाए ज्यान

काठमाडौँ- आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीमा विभिन्न देश पुगेका १ हजार ३ सय ४६ जनाले ज्यान गुमाएका छन्। गत वर्ष सबैभन्दा बढी मलेसिया वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको मृत्यु भएको वैदेशिक बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को तथ्यांकमा उल्लेख छ।

यस वर्ष मलेसियामा २ सय ५१ जनाको मृत्यु भएको छ। बोर्डको तथ्यांकमा मलेसिया रोजगारीमा गएका धेरै कामदारको प्राकृतिक मृत्यु, दुर्घटना र अत्महत्याका कारण मृत्यु भएको जनाइएको छ। मलेसियापछि साउदी अरब रोजगारीमा गएका धेरै कामदारको मृत्यु भएको छ।

गत आर्थिक वर्षमा साउदीमा २ सय १३ जनाले ज्यान गुमाएका छन्। यस्तै साउदीपछि कतार वैदेशिक रोजगारीमा पुगेका धेरै नेपालीको मृत्यु भएको छ। वोर्डका अनुसार गत आर्थिक वर्षमा कतारमा १ सय ८३ जनाले ज्यान गुमाएका छन्।

कतारपछि यूएई वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु भएको छ। यस वर्ष यूएईमा १ सय ७५ जनाको मृत्यु भएको बोर्डको तथ्यांकमा छ। साथै गत आर्थिक वर्षमा कुवेत ५३, बहराइन १६, ओमान ५, दक्षिण कोरिया १२, रोमनिया ९, रसिया २, पोल्याण्ड ३,मल्दिभ्स ३,जापान १७, क्रोसिया ८, साइप्रस २,जोर्डन २, रोमनिया १२,उज्वोकिस्तान २,अमेरिका १,सेल्सेसमा २, माल्टा २, मौरिसस ३,मोजाम्विक १,हङकङ १,इजिप्ट १ अफगास्तिानमा १ जनाको मृत्यु भएको बोर्डको तथ्यांकमा छ।

यसैगरी गत आर्थिक वर्षमा ६ सय ५३ जना अंगभंग भएर वैदेशिक रोजगारीबाट फर्किएको बोर्डको तथ्यांकमा छ भने २ सय ६५ जना बिरामी भएर स्वदेश फर्किएको बोर्डले जनाएको छ। वैदेशिक रोजगारीमा गएका युवाको दैनिक औसत तीन जनाको शव आउने गरेको बोर्डको तथ्यांकमा छ। वयस्क र ऊर्जावान् युवा वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनुको विडम्वना भएको बोर्डका प्रवक्ता टिकाराम ढकालले जानकारी दिए।

नेपालमै र रोजगारदाता देशमा मेडिकल जाँच पास हुने भए पनि मृत्यु भने अकस्मात् भइरहेको पाइन्छ। यसको रोकथामका लागि प्रयास भइरहेको उनको भनाइ छ। दैनिक तीन जना युवा बाकसमा फर्किरहेका छन्। ‘मृत्युदर घटाउन विषेश कार्यक्रम ल्याउनुपर्छ।’ उनले भने। आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीका क्रममा १ हजार २०८ जनाको मृत्यु भएको थियो।

सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भए बोर्डले ७ लाख रुपैयाँ दिने गरेको छ। सरकारले मृतक वा अंगभंग हुनेहरूको सहायताका लागि कल्याणकारी कोष स्थापना गरेको छ। वैदेशिक रोजगारमा जाने कामदारको मृत्यु, छात्रवृत्ति, अंगभंग बिरामीको अवस्था हेरेर बोर्डले कल्याणकारी कोषबाट आर्थिक सहायता पाउने बोर्डले जनाएको छ।
प्रदान गर्ने गरेको छ।

गत आर्थिक वर्षमा ७ लाख ४१ हजार २ सय ९७ नेपाली वैदेशिक रोजगारीमा गएका छन्। उनीहरू १ सय ४९ देशमा पुगेको विभागको तथ्यांक छ। भने १ हजार ३ सय ४६ जनाले ज्यान गुमाएको सरकारी तथ्यांकमा छ।

प्रकाशित: ९ साउन २०८१ ११:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seventeen =