शक्तिमा पुगेकाहरूले बेइमानी गर्दा राजनीतिप्रति वितृष्णा बढ्याे : प्रदेश प्रमुख शेरचन

हिमाल प्रेस ८ साउन २०८१ २०:१९
26
SHARES
शक्तिमा पुगेकाहरूले बेइमानी गर्दा राजनीतिप्रति वितृष्णा बढ्याे : प्रदेश प्रमुख शेरचन

बुटवल- लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गलत कामधन्दा गर्ने केही व्यक्तिका कारण राजनीतिप्रति वितृष्णा बढेको बताएका छन्।

थकाली सेवा क्षेत्रीय समिति बुटवलले मंगलबार बुटवलमा आयोजना गरेको प्रदेश प्रमुखको बिदाइ पूर्वको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले शक्तिमा पुग्नेहरूले जनताप्रति बेइमानी गरेका कारण असल राजनीतिज्ञहरूले शिर झुकाउनु परेको बताए।

‘सबैलाई गलत नजरले नहेरौँ, शक्तिमा पुगेका थोरैले बदनाम गरेका छन्। तिनलाई सजाय दिने मतदानबाट हो,’ प्रदेश प्रमुख शेरचनले भने। उनले राजनीतिबिना कुनै पनि देश र जनताको उन्नति र विकास सम्भव नभएको बताए। जनताको सुखदुखमा साथ दिने मात्र राजनीतिज्ञ हुनेमा जोड दिँदै प्रदेश प्रमुख शेरचनले राजनीति आफैँमा खराब नभएको बताए।

देशमा भ्रष्टाचारका कान्ड छिनोफानो गर्नुको सट्टा लुकाउन खोजिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। प्रदेश प्रमुख शेरचनले केन्द्रीय गठबन्धन फेरिएसँगै अब आराम गरेर बस्ने बताउँदै आएका छन्। उनले संघको राजनीतिक समीकरण फेरिँदा त्यसले प्रदेशलाई असर पारेको बताउँदै चाँडो सरकार बनाएर काम गर्न समेत ताकेता गर्ने गरेका छन्।

प्रकाशित: ८ साउन २०८१ २०:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =