सरकारको पहलमा बंगलादेशबाट १७ विद्यार्थी फर्काइँदै

हिमाल प्रेस ५ साउन २०८१ २२:०७
100
SHARES
सरकारको पहलमा बंगलादेशबाट १७ विद्यार्थी फर्काइँदै केपी शर्मा ओली।

काठमाडौँ– सरकारको पहलमा १७ नेपाली विद्यार्थीलाई स्वदेश फर्काइने भएको छ। उनीहरूलाई आइतबार बिहान ढाका एयरपोर्ट हुँदै काठमाडौँ ल्याउन लागिएको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा दिएका हुन्।

उनले लेखेका छन्, ‘परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीहरूलाई भोलि बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौँ फर्काउने प्रबन्ध गरिएको छ।’ विद्यार्थीका परिवारले शनिबार प्रधानमन्त्रीसँग भेट गरी विद्यार्थी फर्काउन आग्रह गरेका थिए।

नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरेको छ। बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले असुरक्षित भएको बताइरहेका छन्।

बंगलादेशका विभिन्न सहरमा विद्यार्थीको प्रदर्शनको कारण बढ्दै गएको नागरिक अशान्तिलाई नियन्त्रण गर्न शनिबार सेनाले गस्ती थालेको एएफपीले जनाएको छ।

प्रहरी र अस्पतालले सार्वजनिक गरेको तथ्यांअनुसार यस सातको हिंसामा कम्तीमा १२३ जनाको मृत्यु भएको छ। सशस्त्र बलका प्रवक्ता शाहदत हुसेनले एएफपीसँग भनेका छन्, ‘कानुन र व्यवस्थाको स्थितिलाई नियन्त्रण गर्न देशव्यापी रूपमा सेना तैनाथ गरिएको छ।’

बंगलादेशमा हसिनातन्त्र जोगाउने रणनीतिले निम्त्याएको हिंसा

प्रकाशित: ५ साउन २०८१ २२:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 17 =