सत्ता छाडेपछि प्रचण्डलाई चाहियो विघटित समाजवादी मोर्चा

हिमाल प्रेस १ साउन २०८१ ६:३७
62
SHARES
सत्ता छाडेपछि प्रचण्डलाई चाहियो विघटित समाजवादी मोर्चा फाइल तस्बिर

काठमाडौँ- कुनै बेला समाजवादको नारा लगाएर गठन गरिएको समाजवादी मोर्चा सत्ता उथलपुथल भएसँगै विघटित बनेको छ।

कांग्रेस-माओवादी गठबन्धनमा बनेको सोही मोर्चा एमाले-माओवादी गठबन्धनमा विघटित भयो। विशेषतः जनता समाजवादी पार्टी (जसपा) नेपालको विघटनपछि समाजवादी मोर्चा चल्न सकेन।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले मोर्चाको औचित्य नभएको बताएपछि विघटित भएको हो। तर अब भने प्रचण्डले गति दिने प्रयास गरेका छन्। केही दिनअघि पनि मोर्चाको बैठक निवर्तमान प्रधानमन्त्री प्रचण्डले बोलाएका थिए। जसमा मोर्चाको नयाँ ढाँचाका बारेमा छलफल भएको थियो। मोर्चाको समीक्षा तथा भावी रणनीति तय गर्न आज पनि मोर्चाको बैठक बोलाइएको छ।

मंगलवार दिउँसो ४ बजे एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बैठक बोलाइएको मोर्चाका संयोजक नेत्रवक्रम चन्द ‘विप्लव’को सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ताबाट बाहिरिएपछि पहिलोपटक मोर्चाको बैठक बस्न लागेको हो। मोर्चामा ल्याउन विप्लवले जसपा नेपाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा मसाल लगायत दलहरूसँग परामर्श गरिएको छ। मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, तत्कालीन जसपा नेपालसहितका दल थिए।

यसलाई प्रचण्डले सत्ताका लागि खोलेको आरोप लागेको थियो। समाजवादी घटककै नेता झलनाथ खनालले पनि सत्ता जोगाउन खोलिएको भन्दै आरोप लगाएका थिए। तर प्रचण्डले सत्ता गुमाएपछि अहिले खनाल पनि सक्रिय छन्। योसँगै मोर्चालाई विपक्षी गठबन्धन बनाउने प्रयासमा प्रचण्ड लागेका छन्।

प्रचण्डकै सचिवालयअनुसार अब मोर्चालाई गति दिने प्रयास गरिएको छ। साना दललाई समेत मोर्चामा ल्याउन आह्वान गरिने योजना रहेको छ। गएको वर्ष मात्रै गठन गरिएको यो मोर्चा वर्ष दिन नपुग्दै विघटित बन्यो। सक्रिय हुँदा समेत मोर्चाले उल्लेखीय काम गर्न नसकेको र नेताहरूले पार्टीको मात्र प्रचार गरेको आरोप लागेको थियो।

एकीकृत समाजवादीका एक नेताका अनुसार प्रचण्डले सत्ता गुमाएपछि मोर्चाको औचित्य खोजेका छन्। उनी सक्रिय बनाएर जिल्लाजिल्लामा कमिटी गठन गर्न राजी छन्।

यता, समाजवादीकै अध्यक्ष नेपालले पनि प्रचण्डकै कुरा मानेर नयाँ ढंगले चलाउन सकिने बताइरहेका छन्। यसअघि मोर्चाको संयोजक तिनै नेपाल थिए। नेपालकै कार्यकालमा पनि मोर्चा सक्रिय बन्न सकेको थिए।

मोर्चामा तीनतीन महिनामा नेतृत्व हेरफेर हुने प्रचलन छ। यही प्रचलनअनुसार अहिले विप्लव संयोजक तोकिएका हुन्। मोर्चा स्थापनामा सहयोग गरेको यादव नेतृत्वको जसपा नेपाल भने अहिले मोर्चाप्रति रुष्ट छ। प्रचण्डले नै पार्टी विभाजन गरेको आरोप लाएर मोर्चामा समेत सहभागी नहुने जसपाले बताएको छ।

प्रकाशित: १ साउन २०८१ ६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =