मन्त्री छान्न शेखरले गरे छलफल

हिमाल प्रेस ३० असार २०८१ १२:३३
234
SHARES
मन्त्री छान्न शेखरले गरे छलफल

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस-एमालेसहितको गठबन्धन सरकारमा आफ्नो समूहबाट पठाउने मन्त्रीबारे छलफल गरेका छन्। कोइरालाले विशालनगरस्थित आफ्नै सचिवालयमा कांग्रेस इतर समूहका नेताहरूसँग छलफल गरेका हुन्।

कोइरालाले स्वकीय सचिव दिनेश थपलियाका अनुसार छलफलमा पार्टी उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, दीलेन्द्र बडू, डा.मिनेन्द्र रिजाल र डा.चन्द्र भण्डारीसँग छलफल भएको हो।

कांग्रेस-एमालेले ११ र १० गरी मन्त्रालयको भागबन्डा गरेका छन्। तर साना दललाई पनि सरकारमा सहभागी गराउने भएसँगै यी संख्या केही घट्नेछन्। कांग्रेसभित्र शेखरले आफ्नो समूहले चार मन्त्रालय पाउनुपर्ने अडान लिएका छन्। सभापति शेरबहादुर देउवाले ३ मन्त्रालय लिन भनिरहेको बताइएको छ।

यो गठबन्धनबाट आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दैछन्। ओलीले आफ्नो शपथसँगै मन्त्रिपरिषद्‌ विस्तारको तयारी पनि गरेका छन्।

प्रकाशित: ३० असार २०८१ १२:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 11 =