कास्कीमा पहिरोमा परेर एकै परिवारका सातसहित नौ जनाको मृत्यु

हिमाल प्रेस २८ असार २०८१ ७:२९
70
SHARES
कास्कीमा पहिरोमा परेर एकै परिवारका सातसहित नौ जनाको मृत्यु कास्कीमा पहिरोमा पुरिएकाहरूको उद्धार गर्दै सशस्त्र प्रहरी। तस्बिर सौजन्य : सशस्त्र प्रहरी

कास्की- अविरल वर्षापछि पहिरो जाँदा गए राति कास्कीमा एकै परिवारका सातसहित नौ जनाको मृत्यु भएको छ। पहिरोमा दुईजना बेपत्ता छन्।

पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोेले पुर्दा एकै परिवारका सात जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए।

पहिरोमा परेर कुलबहादुरसहित उनकी आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र छोरी राधिका परियारको मृत्यु भएको हो।

राति १०:३० बजेको समयमा परिवारका सबै सदस्य जम्मा भएको बसेको बेला पहिरो खसेको बताइएकाे छ। घटनामा दुई जनाको सकुशल उद्धार गरिएको छ।

यसैगरी पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोेले पुरिँदा १८ वर्षीया अनिता ओझा र नौ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ।

११ वर्षीया अनुस्का ओझा बेपत्ता छन्। मादी गाउँपालिका–११ मा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ पनि पहिरोेमा परी बेपत्ता भएको खोजी भइरहेको प्रहरीले जनाएको छ। पहिरोमा परेका ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

शर्माले पहिरोमा परेर मृत्यु भएका सबैको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको जानकारी दिए। पहिरोमा बेपत्ताको खोजी भइरहेको छ।

प्रकाशित: २८ असार २०८१ ७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 4 =