गत वर्षझैँ छैन डेंगु

हिमाल प्रेस २६ असार २०८१ १२:५३
4
SHARES
गत वर्षझैँ छैन डेंगु सांकेतिक तस्बिर।

काठमाडौँ- नेपालमा गत वर्षको तुलनामा हालसम्म डेंगु संक्रमण न्यून देखिएको छ। सन् २०२३ को जनवरीदेखि जुन महिनासम्म १ हजार ८०५ जना डेंगु संक्रमित भेटिएका थिए भने यो वर्ष (सन् २०२४ को सोही अवधिमा) १ हजार ४८३ जनामा डेंगु संक्रमण देखिएको हो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार गत वर्ष जुन महिनादेखि डेंगु संक्रमण उच्च भएको थियो। तर यो वर्ष जुनमा पनि गत वर्षको तुलनामा संक्रमित संख्या कम छ। गत वर्ष जुन महिनामा १ हजार २६ जनामा डेंगु पुष्टि भएको थियो। यो वर्षको जुन महिनामा ३२० जनामा डेंगु संक्रमण पुष्टि भएको छ। यो वर्ष सन् २०२४ को जनवरी महिनामा २४३ जनामा डेंगु संक्रमण भएको छ।

यस्तै, फेब्रुअरीमा १७३ जनालाई डेंगु भएको छ भने मार्चमा २०० जना, अप्रिलमा २१८ जनालाई डेंगु भएको छ भने मे महिनामा २५८ जनालाई डेंगु संक्रमण भएको छ। जुलाई महिनामा ७१ जनामा डेंगु पुष्टि भएको छ। गत वर्ष सन् २०२३ को जनवरीमा १३३ जनालाई डेंगु संक्रमण भएको थियो। फेब्रुअरीमा १३० जना, मार्चमा १९५, अप्रिलमा १५८, मे महिनामा १६३ जनामा डेंगु भएको छ। जुनमा १ हजार २६ जनालाई डेंगु संक्रमण देखिएको थियो।

त्यसबेला यो महिनादेखि डेंगु संक्रमण उच्च भएको थियो।  ‘गत वर्ष जुलाईमा ६ हजार ४५९ जनामा डेंगु संक्रमण भएको थियो भने ४ महिना संक्रमणको जोखिम उच्च नै थियो’ महाशाखाले भनेको छ।

प्रकाशित: २६ असार २०८१ १२:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 17 =