पोखरा- गण्डकी प्रदेश नीति तथा योजना आयोग सदस्यमा माया तिम्सिना नियुक्त भएकी छन्। मन्त्रिपरिषद् बुधबार बसेको बैठकले उनलाई सदस्य नियुक्ति गर्ने निर्णय गरेको हो।
तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पालामा समेत उनी सदस्य नियुक्त भएकी थिइन्। यसपालि उनी नेपाल समाजवादी पार्टीको कोटाबाट सदस्य बनेकी हुन्। आयोग उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटा यसअघि नै दोहारिएका छन्।
कांग्रेस नेतृत्वको सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार जोगाउन नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले फ्लोर क्रस गरी विश्वासको मत दिएका थिए। फणीन्द्र अहिले गण्डकी प्रदेश सरकारको ऊर्जा मन्त्री हुन्।
प्रकाशित: २० असार २०८१ १६:०८ | Thursday, July 4, 2024
प्रतिक्रिया




