भदौ १४ मा मिलन चाम्सको ‘वर एण्ड वधु’

हिमाल प्रेस २० असार २०८१ ११:३८
6
SHARES
भदौ १४ मा मिलन चाम्सको ‘वर एण्ड वधु’

काठमाडौँ- फिल्म ‘वर एण्ड वधु’को प्रदर्शन मिति पक्का गरिएको छ। मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्म भदौको १४ गतेबाट देशभरका हलमा प्रदर्शन गर्ने पक्का गरिएको हो।

फिल्ममा नायिका आँचल शर्मा र नवनायक विवेक कर्माचार्यको मुख्य भूमिका छ। फिल्ममा गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, बिजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रविन्द्र खड्का, अन्सु महर्जन, दिनेश काफ्ले, सीता न्यौपाने, सुरवीर पण्डित, हिउवाला गौतम, यमन श्रेष्ठ लगायतका कलाकारको पनि मुख्य भूमिका छ।

फिल्ममा जानुका थापाको लगानी छ भने अमित रिजाल कार्यकारी निर्माता हुन्। एलआरके प्रोडक्शनको ब्यारनमा बनेको सिनेमामा सुदीप बरालको छायांकन, हिमाल केसीको एक्सन छ। ‘वर एण्ड बधु’ले सामाजिक कथालाई रमाइलो शैलीमा भन्ने निर्माणपक्षले बताएको छ। तीजको छेको पारेर यो फिल्म प्रदर्शन गर्न लागिएको हो। फिल्मको छायांकन नेपाल र रोमानियामा गरिएको हो।

प्रकाशित: २० असार २०८१ ११:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =