बालिका बलात्कार आरोपमा इन्स्पेक्टर विदुर शिवाकोटी पुर्पक्षका लागि थुनामा

हिमाल प्रेस १९ असार २०८१ १८:११
692
SHARES
बालिका बलात्कार आरोपमा इन्स्पेक्टर विदुर शिवाकोटी पुर्पक्षका लागि थुनामा सांकेतिक तस्बिर।

काठमाडौँ- बालिका बलात्कारको आरोपमा पक्राउ परेका इन्स्पेक्टर विदुर शिवाकोटीलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार आज बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो।

आफ्नै घरमा घरेलु कामदारको रुपमा राखेर १२ वर्षकी बालिकामाथि विगत तीन वर्षयता पटक-पटक जबर्जस्तीकरणी गरेको आरोप शिवाकोटीमाथि छ। सोही आरोपसहित बालिकाले प्रहरीमा निवेदन दिएपछि शिवाकोटी गत जेठ २३ गते पक्राउ परेका थिए।

बालिकालाई भने काठमाडौँ महानगरको बाल उद्धार समितिले उद्धार गरेको हो। पक्राउ परेका शिवाकोटीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालतमा जबर्जस्तीकरणीको मुद्दा दायर गरेको थियो।

उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत शिवाकोटीलाई पक्राउपछि प्रहरी वृत्त स्वयम्भुमा राखिएको थियो।

ती बालिका विगत ६ वर्षदेखि शिवाकोटीको घरमा बस्दै आएकी थिइन्। उनी अहिले कक्षा आठमा पढ्छिन्। उनको सबै पढाइ खर्च शिवाकोटीकै परिवारले बेहोर्दै आइरहेको थियो।

बालिकामाथिको यौन दुर्व्यवहारको आरोपमा इन्सपेक्टर विदुर शिवाकोटी पक्राउ

प्रकाशित: १९ असार २०८१ १८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =