माओवादी निकट तामाङ मोर्चामा डिल्लीमान निर्वाचित

हिमाल प्रेस १० असार २०८१ ८:१५
4
SHARES
माओवादी निकट तामाङ मोर्चामा डिल्लीमान निर्वाचित

काठमाडौँ- नेकपा माओवादी केन्द्र निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्षमा डिल्लीमान तामाङ निर्वाचित भएका छन्।

आइतबार राति काठमाडौंमा सम्पन्न ७ औं राष्ट्रिय महाधिवेसनले तामाङको अध्यक्षमा १५१ सदस्यि कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

वरिष्ठ उपाध्यक्षमा सोमबले तामाङ, उपाध्यक्षहरुमा मनोज तामाङ, गोपिलाल सिङतान, बेतीबहादुर मुक्तान, हरिजंग तामाङ, अविरल जिम्बा, हिमाली गोले र प्रेमकुमार लामा निर्वाचित भएका छन्।

यस्तै महासचिवमा लिलाकुमार घलान तामाङ, सचिवहरुमा मिलन तामाङ र रक्षबहादुर तामाङ (युनिक) र कोषाध्यक्षमा उषा तामाङ चयन भए।

प्रकाशित: १० असार २०८१ ८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eighteen =