सान्नी त्रिवेणी गाउँपालिकाले ल्यायो ३८ करोड बढी बजेट

हिमाल प्रेस ८ असार २०८१ १९:४८
346
SHARES
सान्नी त्रिवेणी गाउँपालिकाले ल्यायो ३८ करोड बढी बजेट

कालीकोट- सान्नी त्रिवेणी गाउँपालिकाले ३८ करोड बढी बजेट ल्याएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ३८ करोड ७७ लाख ५ हजार ३ सय ९ रुपैयाँको बजेट प्रस्तुत गरेको हो। असार ७ र ८ गते बसेको १४औँ गाउँ सभाले शिक्षा, स्वास्थ्य, कृषि र सडकलाई पहिलो प्राथमिकतामा राखेर नयाँ आर्थिक वर्षका लागि बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।

सशर्त अनुदान संघीय सरकारबाट १५ करोड ८९ लाख ६८ हजार प्रदेश सरकारबाट ३ करोड २१ लाख ८८ हजार, वित्तीय समानीकरण संघीय सरकारबाट ८ करोड ९१ लाख प्रदेश सरकारवाट ९९ लाख ५३ हजार, राजश्व बाडफाँट संघीय सरकारबाट ७ करोड ७५ लाख प्रदेश सरकारबाट ५ लाख ८४ हजार ३ सय ९, समपुरक अनुदार संघीय सरकारबाट १ करोड ५० लाख आन्तरिक स्रो ४५ लाख गरेर ३८ करोड ७७ लाख ५ हजार ३ सय ९ रुपैयाँको बजेट ल्याएको हो।

गाउँ सभाले पालिकाको प्रशासकीय भवन निर्माण, शान्तिघाटदेखि पालिकासम्मको सडक स्तरउन्नति, रकुदेखि पालिकासम्मको सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ।

शिक्षा, स्वास्थ्य र कृषिलाई आधारभूत आवश्यकतामा राखेर बजेट ल्याइएको गाउँपालिका उपाध्यक्ष पार्वती शिंह संज्यालले बताइन्। आधारभूत अस्पतालमा फार्मेसी सञ्चालन तथा जेनेरेटर खरिद गर्ने, एम्बुलेन्स नियमित सञ्चालनमा ल्याउने, पालिकाको स्काभेटरमार्फत रकुदेखि पालिकासम्मको सडक निर्माण गर्ने, सीप सिकाएर आत्मनिर्भर बनाउने, भौतिक संरचनाका लागि साझेदार गर्ने, स्वास्थ्य चौकीको भवन निर्माण तथा स्तरउन्नति, खानेपानीलगायतका लागि बजेट विनियोजन गरिएको छ।

सबैको चासो रहेको रकुदेखि पालिकासम्मको सडक निर्माणका लागि पालिकाले २० लाख बजेट छुट्याएको छ। २० लाख प्रदेश सरकारबाट र २० लाख स्थानीय सरकारबाट बजेट विनियोजन गरिएको छ।

सडक निर्माणका लागि दुई ठाउँवाट काम सुरु गरिने गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताए। नयाँ आर्थिक वर्षको बजेटमा वडाको चालु खर्च घटेको छ। आर्थिक वर्ष २०८१/०८२ का लागि नाैवटै वडाका लागि २७ लाख विनियोजन गरिएको छ।

पालिकामा रहेका विभिन्न राजश्व को क्षेत्र पहिचान गरी राजश्व बृद्धि गर्ने गाउँपालिकाले लक्ष्य लिएको छ। १४ औँ गाउँसभाले दुई वटा ऐनसमेत पारित गरेको छ। सान्नी त्रिवेणी गाउँपालिका कार्यपालिकाको विनियोजन ऐन २०८१ र आर्थिक ऐन २०८१ समेत गाउँसभाले पास गरेको छ।

प्रकाशित: ८ असार २०८१ १९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − five =