गण्डकीसम्म नै आज चट्याङसहितको वर्षा हुने सम्भावना छ : मौसम विभाग

हिमाल प्रेस २ असार २०८१ ६:२२
30
SHARES
गण्डकीसम्म नै आज चट्याङसहितको वर्षा हुने सम्भावना छ : मौसम विभाग फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ- कोशी र मधेश प्रदेशमा साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली रहेको छ।

कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेश र बागमतीका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आइतबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेशलगायत बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: २ असार २०८१ ६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 3 =