१५ वर्षदेखि चित्रकलामा समर्पित पवन

हिमाल प्रेस २९ जेठ २०८१ १७:०१
8
SHARES
१५ वर्षदेखि चित्रकलामा समर्पित पवन

तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिकामा कार्यरत पवन नेपाली चित्रकलामा पोख्त छन्। फुर्सदको समयलाई सदुपयोग गर्दै उनी चित्र बनाइरहन्छन्।

गाउँपालिकाले त्यहाँका विद्यालयमा सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत चित्र बनाउने सीप सिकाउने प्रशिक्षकसमेत हुन् नेपाली।

विगतमा फुर्सदको समयलाई सदुपयोग गर्दै चित्रकला बनाउँदै आएका नेपालीले पछिल्लो समय पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत आँबुखैरेनी-१ स्थित मित्रता माध्यमिक विद्यालयका २० जना विद्यार्थीलाई चित्रकलाको सीप सिकाउन थालेको  बताए।

‘चित्र बनाउन पहिल्यैदेखिको सोख हो, अहिले सिकेको सीप गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीलाई सिकाउन पाउँदा निकै खुसी छु। यसले आम्दानी गर्न पनि सहज भएको छ’, नेपालीले भने।

नेपालीले ढुङ्गा, पीपलको बोट, नाङ्लोमा चित्र कोरिसकेका छन्। एसएलसी दिएपछि नै चित्रकला सुरु गरेको नेपाली विगत १५ वर्षदेखि यहस् पेशालाई निरन्तरता दिएको बताउँछन्। ‘पहिलेदेखि नै अलिअलि चित्र कोर्ने काम गर्थे, सक्रिय रुपमा काम गर्न थालेको १५ वर्ष भयो। सुरुमा त खासै केही लाग्थेन, अहिले भने चित्र बनाउन पाइन भने नराम्रो लाग्छ, यसबाट आनन्दित छु, आम्दानीको स्रोत पनि भइरहेको छ, उनले भने।

पहिले शिक्षण पेसामा आबद्ध उनी हाल आँबुखैरेनी गाउँपालिकामा कार्यरत छन् तर फुर्सदको समयमा विद्यालयका बालबालिकालाई सिकाउने र घरमा समेत चित्रकोर्ने गर्छन्। उनले पछिल्लो पटक आँबुखैरेनी गाउँपालिका-१ स्थित अकला मन्दिरस्थित पीपलको बोटमा बनाएको गणेशको आकृतिले निकै चर्चा कमाएको छ।

पर्यटकीय तथा धार्मिक क्षेत्र अकलालाई प्रवद्र्धन गर्ने उद्देश्यसहित रुखमा गणेश आकृति कोरेको उनी बताउँछन्। ‘धार्मिक पर्यटकीयस्थल अकला मन्दिर परिसरमा रहेका रुखलाई कसरी आकर्षक बनाउन सकिन्छ भनेर सोच्दा गणेशको आकृति बनाउने सोच आयो। यत्तिकै रहेको रुखलाई सिँगार्ने काम गरेको हुँ। अहिले धेरैले मन पराउनु भएको देख्दा खुसी लाग्छ।’

प्रकाशित: २९ जेठ २०८१ १७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 6 =