सडक कला परियोजनामा अमेरिकीसँगै नेपाली कलाकार सहभागी हुँदै

हिमाल प्रेस १४ मंसिर २०७९ १८:३३
8
SHARES
सडक कला परियोजनामा अमेरिकीसँगै नेपाली कलाकार सहभागी हुँदै

काठमाडौँ– अमेरिकी कलाकार अलेहान्द्रो पोली जुनियर (म्यान वन) नेपाल आएका छन्।

अल्पसंख्यक र सामाजिक रूपमा बहिष्कृत समुदायहरूको आवाजको प्रवर्द्धन र सम्मानका लागि आयोजना गरिएको बाह्र दिने कार्यक्रममा सहभागी हुन उनी नेपाल आएका हुन्।

अमेरिकको क्यालिफोर्नियास्थित लस एन्जलसबाट आएका उनलाई काठमाडौँस्थित अमेरिकी दूतावासले स्वागत गरेको छ।

नेपाली कला समूह आर्टुडियोसँगको सहकार्यमा म्यान वनले काठमाडौँ र जनकपुरका स्थानीय कलाकारहरूसँग सहकार्य गरी नेपालको बहुसांस्कृतिक समाजलाई कलाको माध्यमबाट प्रदर्शन गर्न सडक कला परियोजना आयोजना गर्ने दूतावासले जनाएको छ।

नेपाली म्युरल (भित्तेचित्र) चित्रकार, ग्राफिटी (भित्तेलेखन) कलाकार, लोक र परम्परागत कलाका कलाकार तथा सर्जकहरूको समूहले मंसिर १२ गते एक प्रत्यक्ष कला कार्यशालामा भाग लिने पनि दूतावासले जनाएको छ।

नेपाली कलाकारहरूले अल्पसंख्यकको समावेशिताको परिकल्पना समेटिएको अन्तिम चरणको भित्ते चित्र डिजाइनमा म्यान वनसँग संयुक्त रूपमा काम गर्नेछन्।

मंसिर २३ मा एक वृहत आकारको पुर्ण भित्ते चित्र सार्वजनिक गरिने दूतावासले जानकारी दिएको छ।

कलाको दूतका रूपमा नेपाल रहँदा म्यान वनले सामाजिक समावेशिता र समताका विषयहरूमा अन्तरक्रियात्मक कार्यक्रमहरूमा भाग लिने पनि दूतावासले जनाएको छ।

साथै उनले उनको आफ्नै काम र ‘विरोध कला’ (प्रोटेस्ट आर्ट)का रूपमा भित्तेचित्रको इतिहासका विषयमा पनि विचार राख्ने कार्यतालिका छ।

सहभागी हुने नेपाली कलाकारहरू:

-विशाल मानन्धर

-इशान राई

-खेमबहादुर पाल्पाली

-किरण महर्जन

-कोमल पुर्वे

-मनिषा शाह

-सरिता मण्डल

-सुचिन श्रेष्ठ

-सुदीप बल्ला

-त्सेटेन शेर्पा

तस्बिरहरू- काठमाडौँस्थित अमेरिकी दूतावास


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − four =