होटल आर्टसमा जारी चित्रकलामा सामाजिक सभ्यतादेखि मानवीय सुखको प्रदर्शन

हिमाल प्रेस २० चैत २०७९ १९:५४
166
SHARES
होटल आर्टसमा जारी चित्रकलामा सामाजिक सभ्यतादेखि मानवीय सुखको प्रदर्शन

काठमाडौँ– होटल आर्टसमा लायन्स क्लब अफ काठमाडौँ फाइन आर्टद्वारा आयोजित चित्रकला प्रदर्शनी जारी छ। चित्र बिक्रीको उद्देश्यसहित ४९ जना नेपाली र १ जना विदेशी कलाकारहरूले कोरेको चित्र रहेको प्रदर्शनी चैत २३ गतेसम्म चल्नेछ।

चैत १६ गतेदेखि सुरु भएको प्रदर्शनीमा कलाकार के के कर्माचार्यले कोरेका भरियाको चित्र देखिसुमिना श्रेष्ठले कोरेकी बालकले रहरले दारी काटेको चित्रसम्म समेटिएको छ।

नवप्रवेशी कलाकारहरूलाई प्रोत्साहनको उद्देश्यले प्रदर्शनी गरिएको आयोजक संस्थाकी कोषाध्यक्ष लक्ष्मी मास्के (पुनम)ले जानकारी दिइन्। ‘चित्रकलामा रुचि राख्ने युवालाई प्रोत्साहन गर्न हामीले प्रदर्शनी आयोजना गरेका हौं। कला र संस्कृति लोप नहुन् र चित्रकारहरू विदेश पलायन नहुन भन्ने हाम्रो उद्देश्य हो,’उनले भनिन्।

विभिन्न भाषाका लिपि, किरात जातिको झाँक्रीअंकित चित्र, बौद्धनाथ स्तूपको गजुरको आकृति, कल्पना गरिएको स्वर्ग जाने बाटोका आकृति, चन्द्रमा छुने लक्ष्य लिँदा जीवनमा आइपर्ने बाधा, अन्तर्राष्ट्रिय कलाकार जे जी वील्सले कोरेको एक सभ्यताको आकृतिलगायत सामाजिक संस्कार संस्कृति र मानवीय खुसी र सुख इंगित गरिएका चित्रहरू प्रदर्शनीमा छन्।

संस्थाले आयोजना गरेको यो तेस्रो चित्रकला प्रदर्शनी हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fifteen =