नेपाल अफ्रिका चलचित्र महोत्सव असार सातदेखि सुरु हुने

महोत्सवमा १० देशका २८ फिल्म प्रदर्शन

हिमाल प्रेस २९ जेठ २०८१ १६:१६
6
SHARES
नेपाल अफ्रिका चलचित्र महोत्सव असार सातदेखि सुरु हुने

काठमाडौँ-  १२औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४ आगामी असार सात देखि सुरु हुने भएको छ। तीन दिने महोत्सव काठमाडौँको सीटीसी मलको सीडीसी सिनेमाजमा हुनेछ।

आयोजक टिमले विज्ञप्तिमार्फत महोत्सवका लागि चयन भएका चलचित्रको नाम सार्वजनिक गरेको छ। जसमा नेपालसहित साउथ अफ्रिका, इजिप्ट, तान्जानियाँ, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमईका का गरी १० देशका २८ फिल्म प्रदर्शन हुनेछ।

यसपटक नेपालबाट ७ वटा नेपाली र आदिबासी, ३ वटा वृत्तचित्र र १० वटा लघु फिल्म गरी २० फिल्म भएकाे छ, ती हुन्- नेपाली र आदिवासी फिल्मतर्फ ‘सरी मम’, ‘काँडेतार’, ‘गोर्खा वारियर’, ‘सनाखत’, ‘आफ्नै कर्म’, ‘लोजिमा’ र ‘रित’। वृतचित्रतर्फ ‘जर्नी टु गोक्यो’, ‘काँचो बायु’ र ‘चेसिङ द ड्रिम’। लघु फिल्मतर्फ ‘सिगरेट’, ‘आमा’, ‘ऐना’, ‘ढुकढुकी’, ‘घटेरो’, ‘हे दैव’, ‘जुत्ता’, ‘म्यारिज डे’, ‘मातृत्व’ र ‘रोटेन ब्लड’।

यस्तै, विदेशी फिल्मतर्फ  २ फिचर, २ वृत्तचित्र, ४ लघु  गरी ८ अफ्रिकन फिल्म छनाेट भएकाे छ। ती हुन्-  फिचरतर्फ ‘फुल्स’ र ‘द चेस्लर’। वृतचित्रतर्फ ‘वि ह्याभ नेभर बीन किड्स’ र ‘ह्वाईट पोसन’। लघु फिल्मतर्फ ‘डाईनिज’, ‘अफस्प्रिङ’, ‘सर्भाईभर’ र ‘इग्नोरेन्स इज अ लाईफस्टाईल’।

आयोजककाअनुसार यसपटक महोत्सवमा १५ भन्दा बढी देशका चार दर्जनभन्दा बढी अफ्रिकन फिल्म प्राप्त भएकाे थियाे।

नेपाल र अफ्रिकाको संस्कृति आदनप्रदानसँगै फिल्मबाट दुई फरक महाद्वीपलाई जोड्ने उद्देश्यले महोत्सव आयोजना हुँदै आएको महोत्सव निर्देशक डब्बु क्षेत्रीले बताए। ‘महोत्सवले हामीलाई विभिन्न देशबारे बुझ्न मद्दत गर्छ। यसपटक फिल्म भवनमै छनोट भएका सामग्री प्रदर्शन गर्ने तयारी गरेका छौँ।’ महोत्सव निर्देशक क्षेत्रीले भने। उनका अनुसार महोत्सवमा फिल्म प्रदर्शनका साथै कार्यशाला,अन्तक्रियालगायतका विभिन्न कार्यक्रम हुनेछ।

महोत्सव  कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह-आयोजनामा हुन लागेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 8 =