 
                             
                                            काठमाडौँ- प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान) ले शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका उत्कृष्ट पालिका, विद्यालय र प्रधानाध्यापकलाई सम्मान गरेको छ। तीनदिने राष्ट्रिय सम्मेलनको अवसरमा पानले विभिन्न सूचकहरूका आधारमा मूल्यांकन गरी उनीहरूलाई सम्मान गरेको हो।
मूल्यांकन समितिले सातवटै प्रदेशबाट सात उत्कृष्ट पालिका, सात विद्यालय र सात प्रधानाध्यापकलाई पुरस्कृत गरेको छ। जसमा कोशी प्रदेशबाट उत्कृष्ट पालिकामा इलामको सूर्योदय नगरपालिका,उत्कृष्ट विद्यालय मोरङको सुकुना मावि, सुन्दरहरैँचा, उत्कृष्ट प्रधानाध्यापकमा संखुवासभाको मनकामना रत्नअम्बिका माविका कुवेरप्रसाद भेटवाल रहेका छन्।
त्यसैगरी मधेश प्रदेशबाट उत्कृष्ट पालिकामा बाराको कोहलवी नगरपालिका, उत्कृष्ट विद्यालयमा बर्दिबासको जनता मावि, गौरीडाँडा, उत्कृष्ट प्रधानाध्यापकमा सुगौली पर्साको शारदा माविका विनोद मेहता रहेका छन्।
बागमती प्रदेशमा काठमाडौँ महानगरपालिका उत्कृष्ट पालिका, चितवनको नारायणी मावि उत्कृष्ट विद्यालय र जनक मावि, काभ्रेपलाञ्चोकका प्रदीप पोखरेल उत्कृष्ट प्रधानाध्यापकका रूपमा सम्मानित भएका छन्।
गण्डकी प्रदेशतर्फ उत्कृष्ट पालिकामा मध्यविन्दु नगरपालिका, नवलपरासी पूर्व, उत्कृष्ट विद्यालयमा विन्ध्यवासिनी मावि, बाटुलेचौर, कास्की र उत्कृष्ट प्रधानाध्यापकमा लेखबहादुर हमाल, प्रकाश मावि, बेनी, कास्की रहेका छन्।
लुम्बिनी प्रदेशतर्फ उत्कृष्ट पालिकामा ठाकुरबाबा नगरपालिका, बर्दिया, रुपन्देहीको कालिका मानवज्ञान मावि उत्कृष्ट विद्यालय, सेन्टर मावि, तुल्सिपुरका भागवत पौडेल उत्कृष्ट प्रधानाध्यापक भएको पानले जनाएको छ।
कर्णाली प्रदेशतर्फ उत्कृष्ट पालिकामा चौरजहारी नगरपालिका, रुकुम पश्चिम, उत्कृष्ट विद्यालयमा चन्दननाथ नमुना मावि, खलङ्गा, जुम्ला, उत्कृष्ट प्रधानाध्यापकमा यामबहादुर श्रेष्ठ, जन नमुना मावि, बीरेन्द्रनगर, सुर्खेत र सुदूरपश्चिम प्रदेशतर्फ धनगढी उपमहानगरपालिका, कैलाली उत्कृष्ट पालिका, महेन्द्र नमुना मावि, दार्चुला उत्कृष्ट विद्यालय र मालिका नमुना मावि, बाजुराका शुभराज उपाध्याय उत्कृष्ट प्रधानाध्यापक भएका छन्।
पानले उत्कृष्ट पालिकामा शिक्षा क्षेत्रमा गरेको लगानी ३० अंक, निःशुल्क र समावेशी शिक्षाको पहल १० अंक दीर्घकालीन योजना १० अंक, असल अभ्यास २० अंक प्राविधिक धार सञ्चालन १० अंक, स्थानीय पाठ्यक्रम– सूचना तथा प्रविधि १० अंक, सुशासन १० अंकका आधारमा छनोट गरेको हो।
उत्कृष्ट विद्यालयमा पानले भौतिक पूर्वाधार २० अंक, सरसफाई हरियाली विद्यालय वातावरण २० अंक कक्षा ८ र माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा २० अंक, जनविश्वास–विद्यार्थी आकर्षण १० अंक, विद्यार्थी संख्या १० अंक, असल अभ्यास १० अंक, सह अतिरिक्त क्रियाकलाप १० अंकका आधारमा छनोट गरेको हो।
उत्कृष्ट प्रधानाध्यापकतर्फ नेतृत्व दक्षता २० अंक, असल अभ्यास २० अंक, विद्यालय वातावरण १५ अंक, गुणस्तर विकास र सुधार १५ अंक, समुदाय सहयोग परिचालन १० अंक, सुशासन १० अंक र सूचना प्रविधि दक्षता १० अंकका आधारमा छनोट गरिएको पानले जनाएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 