कोइरालाको प्रश्न : प्रधानमन्त्री भारत जाने दिन राजदूत फिर्ता संयोग की नियत?

हिमाल प्रेस २६ जेठ २०८१ १७:४८
30
SHARES
कोइरालाको प्रश्न : प्रधानमन्त्री भारत जाने दिन राजदूत फिर्ता संयोग की नियत?

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमाथि प्रश्न गरेका छन्।

सामाजिक सञ्जालमा शनिबार लेख्दै डा.कोइरालाले दूरगामी महत्त्वका यस्ता कार्य सरकारको अधिकार र नियमित काम नभएको उल्लेख गरेका छन्।

‘लामो घनिष्ठ सम्बन्ध, व्यापारको झण्डै दुई तिहाई हिस्सा, आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध भएको देशको राजदूत, त्यो देशमा नवनिर्वाचित सरकारको सपथग्रहणमा प्रधानमन्त्री जाने दिनमा फिर्ता बोलाउनुलाई संयोग मान्ने कि नियत? दूरगामी महत्त्वका यस्ता कार्य सरकारको अधिकार र नियमित कार्य हैनन्,’ डा.कोइरालाले लेखेका छन्।

सरकारले भारत र अमेरिकालगायत ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो।

याे पनि

माेदीकाे शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार नयाँदिल्ली जाने

सरकारले राजदूतलाई फिर्ता बोलाएर कुटनीतिक मर्यादा उल्लंघन गर्‍यो : उपेन्द्र यादव

प्रकाशित: २६ जेठ २०८१ १७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + two =