माेदीकाे शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार नयाँदिल्ली जाने

हिमाल प्रेस २६ जेठ २०८१ १४:२४
88
SHARES
माेदीकाे शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार नयाँदिल्ली जाने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भोलि आइतबार भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।

प्रधानमन्त्री मोदीको आइतबार नै नयाँदिल्लीमा हुने शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उनीबीच आइतबार नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले बताए। ती अधिकारीले भने,‘प्रधानमन्त्रीद्वयबीच विशेष भेटवार्ता हुनेछ।’

प्रधानमन्त्री दाहालका साथमा उनकी सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी तथा उच्चपदस्थ सरकारी कर्मचारी रहनेछन्।

प्रचण्ड यही जेठ २८ गते स्वदेश फर्कने कार्यक्रम छ।

 

प्रकाशित: २६ जेठ २०८१ १४:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + ten =