वीरगञ्ज महानगरले १० महिनामा खर्च गर्‍यो एक अर्ब ७४ करोड

हिमाल प्रेस ११ जेठ २०८१ ६:१५
4
SHARES
वीरगञ्ज महानगरले १० महिनामा खर्च गर्‍यो एक अर्ब ७४ करोड

पर्सा- वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा चालु र पुँजीगत खर्च गरेर एक अर्ब ७४ करोड खर्च गरेको छ। गत आवको तुलनामा पुँजीगत खर्चमा सामान्य सुधार भएको छ।

महानगरले चालु आवको १० महिनाको अवधिमा चालु र पुँजीगत गरेर कुल विनियोजित बजेटको ५२ दशमलव सात प्रतिशत खर्च भएको जनाएको छ।

महानगरको गत पुसमा भएको नगरसभाले गत असारमा विनियोजित बजेटमा २५ करोड थपेर तीन अर्ब ४६ करोड पुर्‍याएको थियो। गत असारमा महानगरले चालु आवको लागि तीन अर्ब २१ करोडको बजेट सार्वजनिक गरेको थियो।

महानगरले चालु आवको १० महिनाको अवधिमा चालु खर्चतर्फ दुई अर्ब ३८ करोड ५५ लाख बजेट विनियोजन गरेकामा यो अवधिमा चालु खर्चतर्फ एक अर्ब ३४ करोड खर्च गरेको छ। महानगरले चालु आवमा पुँजीगत खर्चतर्फ भने ८८ करोड ३९ लाख बजेट विनियोजन गरेकामा ३९ करोड २२ लाख खर्च गरेको जनाएको छ।

महानगरको गत पुसमा भएको नगरसभाले २५ करोड बजेट थप गर्ने निर्णय गर्‍यौं तर यो आवमा अपेक्षाकृत रुपमा राजस्व संकलन हुन सकेन,’ वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले भने,‘संघीय तथा प्रदेश सरकारबाट आउने समानीकरण बजेट पनि २५ प्रतिशत रोक्का हुँदा विकास निर्माणका काम प्रभावित भएका छन्। यद्यपि पुँजीगत खर्चमा सामान्य सुधार भएको छ।’

वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम राजस्व संकलन गरेको छ।

प्रकाशित: ११ जेठ २०८१ ६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 4 =