लिभरकुसेन जितमा ‘ब्रेक’, एटलान्टालाई युरोपा लिगको उपाधि

हिमाल प्रेस १० जेठ २०८१ ७:१८
4
SHARES
लिभरकुसेन जितमा ‘ब्रेक’, एटलान्टालाई युरोपा लिगको उपाधि

काठमाडौँ- ५१ खेलमा अपराजित जर्मन क्लब बायर लिभरकुसेनको जितमा ‘ब्रेक’ लागेको छ। लिभरकुसेनको हारसँगै युरोपा लिगको उपाधि पनि गुमाएको छ।

बुधबार राति अभिभा स्टेडियम डब्लिनमा भएको फाइनलमा बायर लिभरकुसेनलाई ३–० ले पराजित गर्दै एटलान्टाले उपाधि जितेको हो।

एडेमोला लोकमनको ह्याट्रिक मद्धतमा जर्मन क्लब बायर लिभरकुसेनलाई पराजित गर्दै इटालियन क्लब एटलान्टाले युरोपा लिगको उपाधि उचालेको छ।

पहिलोपटक फाइनल पुगेको एटलान्टालाई च्याम्पियन बनाउन एडेमोला लोकमनले ह्याट्रिक पूरा गरे। लोकमन सन् १९७५ पछि यूरोपा लिगको फाइनलमा ह्याट्रिक गर्ने छैटौँ खेलाडी हुन्।

खेलको १२औं मिनेटमा लोकमनको गोलमा एटलान्टाले सुरुवाती अग्रता बनाएको थियो। २६औं मिनेटमा लोकमनको व्यक्तिगत दोस्रो गोलमा एटलान्टाले अग्रता दोब्बर पार्यो।

पहिलो हाफमा २–० ले अग्रता बनाएको एटलान्टाका लागि लोकमनले दोस्रो हाफमा ह्याट्रिक पूरा गरे। खेलको ७६औं मिनेटमा लोकमनले व्यक्तीगत तेस्रो गोल गर्दा ह्याट्रिक पूरा गरेका हुन्।

प्रकाशित: १० जेठ २०८१ ७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + ten =