विद्यार्थी नेता चापागाईँको आन्दोलनमा ईसीडी शिक्षकको ऐक्यबद्धता

हिमाल प्रेस ६ जेठ २०८१ १६:१७ | Sunday, May 19, 2024
विद्यार्थी नेता चापागाईँको आन्दोलनमा ईसीडी शिक्षकको ऐक्यबद्धता नेपाल बालविकास संघर्ष समितिकी अध्यक्ष कृष्णाकुमारी थापामगर र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाँई।

काठमाडौँ– समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाँईले जारी राखेको आन्दोलनमा नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिले ऐक्यबद्धता जनाएको छ। अध्यक्ष चापागाईँ बालविकास (ईसीडी) मा कार्यरत शिक्षकको सेवा सुविधा र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको तलब व्यवस्थापन हुनुपर्ने र बालविकासमा कार्यरत शिक्षकलाई मन्टेसरी तालिम दिएर दक्ष बनाउनुपर्नेलगायत माग राखेर विगत चार दिनदेखि एकल आन्दोलनमा छन्।

बालविकास शिक्षकले पनि लामो समयदेखि सरकारसँग यी माग अघि सार्दै आएका छन्। यद्यपि कुनै माग पूरा हुन सकेको छैन।

‘महत्त्वपूर्ण मागसहितको आन्दोलनलाई नेपाल बालविकास संघर्ष समिति केन्द्रका तर्फबाट सफलताको शुभकामनासहित पूर्ण एक्यवद्धता व्यक्त गर्दछौँँ’, समितिकी अध्यक्ष कृष्णाकुमारी थापामगरले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: ६ जेठ २०८१ १६:१७ | Sunday, May 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast