पाठ्यक्रम संशोधन कार्यान्वयन गर्न सरकारको निर्देशन

हिमाल प्रेस १८ साउन २०८३ १४:४१ | Monday, August 3, 2026
18
SHARES
पाठ्यक्रम संशोधन कार्यान्वयन गर्न सरकारको निर्देशन

काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्र,सानोठिमी भक्तपुरले आधारभूत तहको परिमार्जित पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयनसम्बन्धी जानकारी गराएको छ।

केन्द्रले साेमबार जारी गरेको सूचनाअनुसार पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को २०८२ असार १९ गतेको बैठकको सिफारिस तथा तत्कालीन शिक्षा मन्त्रालयको निर्णयबमोजिम सामाजिक अध्ययन विषयको कक्षा ४ देखि १२ सम्मको पाठ्यक्रमअनुसार विकास गरिएका कक्षा ५, ६, ११ र १२ का पाठ्यपुस्तक स्वीकृत भएका छन्।

त्यस्तै,शिक्षा तथा खेलकुद मन्त्रालयको २०८३ वैशाख ११ गतेको निर्णयअनुसार आधारभूत तह (कक्षा १-३) को परिमार्जित पाठ्यक्रम-२०८२ तथा प्रारम्भिक बालविकास तथा शिक्षाको परिमार्जित पाठ्यक्रम-२०८२ शैक्षिक सत्र २०८४ देखि लागू हुने जनाइएको छ।

पाठ्यक्रम विकास केन्द्रले सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह तथा सरोकारवाला निकायलाई स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तकअनुसार कार्यान्वयन गर्न अनुरोध गर्दै उक्त सूचना जारी गरेको हो।

प्रकाशित: १८ साउन २०८३ १४:४१ | Monday, August 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast