विष्णुकुमार गिरीको गुनासो

हिमाल प्रेस १६ वैशाख २०८१ १९:४६ | Sunday, April 28, 2024
विष्णुकुमार गिरीको गुनासो

काठमाडौँ- सर्जक विष्णुकुमार गिरीले नयाँ गीत ‘गुनासो’ सार्वजनिक गरेका छन्। गिरीको शब्द रहेको गीतमा स्वर र संगीत कमल विष्टले दिएका छन्। गीतले पारिवारिक तथा सामाजिक कथाको भाव बोकेको छ।

दर्पण यात्रीको एरेन्जमा तयार भएको गीत टुलुमुन म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतको म्युजिक भिडियोमा प्रजित तिमल्सिना, ऋचा न्यौपाने र विश्वराम तिमल्सिनाले अभिनय गरेका छन्।

बिमको निर्देशन रहेको भिडियोको छायांकन प्रकाश खड्काको टिमले गरेको हो ।

प्रकाशित: १६ वैशाख २०८१ १९:४६ | Sunday, April 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast