कांग्रेस नेता अफताब आलमविरुद्धको मुद्दाको सुनुवाइ सकियो, आजै फैसला आउने

हिमाल प्रेस १३ वैशाख २०८१ १८:५९
46
SHARES
कांग्रेस नेता अफताब आलमविरुद्धको मुद्दाको सुनुवाइ सकियो, आजै फैसला आउने अफताब आलम

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको सुनुवाइ रौतहट जिल्ला अदालतमा सकिएको छ। आज बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा सुनुवाइ सकिएको हो। गत १० गतेदेखि रौतहट जिल्ला अदालतमा चलिरहेको थियो।

अदालतमा प्रतिवादीको तर्फबाट आठ जनाले कानुन व्यवसायीले बहस गरेका थिए। बहस गर्नेमा गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, पूर्वन्यायाधीश एवम् वरिष्ठ अधिवक्ता साबिर हुसैन, अफताब आलम, अनन्त अधिकारीसहितका कानुन व्यवसायीले बहस गरेका थिए।

पीडितको तर्फबाट कानुन व्यावसायीहरु पुष्पराज पौडेल र विकास बस्नेत तथा जिल्ला न्यायाधिवक्ता बद्रीबहादुर कार्कीले बहस गरेका थिए। मुद्दाको बहस सकिएकोले बिहीबार नै फैसला आउने बताइएको छ।

पहिलो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम बिस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा नेता आलम, उनका भाइ मोहम्मद महताब आलम र शेख सराजसहित ११ जनाविरुद्ध ०७६ साल कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो।

सोही मुद्दामा कांग्रेस नेता आलम २०७६ असोज २६ मा पक्राउ परेका थिए। थुनछेक बहसपछि २०७६ कात्तिक २९ मा जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो। उनी अहिले नख्खु कारागामा छन्।

प्रकाशित: १३ वैशाख २०८१ १८:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 2 =