नेपाल र कतारबीच सात सम्झौता हुँदै, हात्तीको सम्झौता भएपनि आजै लैजान नमिल्ने

हिमाल प्रेस १२ वैशाख २०८१ १०:४८
16
SHARES
नेपाल र कतारबीच सात सम्झौता हुँदै, हात्तीको सम्झौता भएपनि आजै लैजान नमिल्ने

काठमाडौँ- नेपाल भ्रमणमा रहेको आएका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता हुँदैछ।

दाहाल र कतारी अमिरबीच हुने भेटवार्ताका महत्त्वपूर्ण सात क्षेत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल र कतारको सरकारी समाचार एजेन्सी महान्याधिवक्ताको कार्यालय सम्झौता हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए। उनका अनुसार इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान, शिक्षा र संस्कृति आदान प्रदान र श्रम सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम भएको उनले जानकारी दिए।

उनका अनुसार मन्त्रालयअन्तर्गतका केही सम्झौता पनि हुनेछन्। त्यसका लागि अहिले सम्बन्धित मन्त्रालयका प्रतिनिधिबीच छलफल भइरहेको छ।

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा मंगलबार नेपाल आइपुगेका हुन्। उनको भ्रमणको अवसरमा नेपालले कतारलाई हात्ती उपहार दिने घोषणा गरेको छ। तर हात्ती उपहारको सम्झौता आज भएपनि हस्ताक्षर नहुने परारष्ट्रका प्रवक्ता राईले जानकारी दिए।

अन्तर्राष्ट्रिय कानुन पशुसम्बन्धी कानुनको केही प्रक्रिया पूरा गरेर मात्र हात्ती कतारलाई उपहार स्वरूप पठाइने उनको भनाइ छ।

प्रकाशित: १२ वैशाख २०८१ १०:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =