सरोज पौडेलको निर्देशनमा ‘पूर्ण बहादुरको सारङ्गी’ बन्दै

हिमाल प्रेस ७ वैशाख २०८१ १८:५०
20
SHARES
सरोज पौडेलको निर्देशनमा ‘पूर्ण बहादुरको सारङ्गी’ बन्दै

काठमाडौँ- फिल्म ‘पूर्ण बहादुरको : सारङ्गी’ बन्ने भएको छ। फिल्म सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो। फिल्मको शुक्रबार मोसन पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरिएको हो।

पोस्टरमा काँधमा बच्चा बोकोको र सारङ्गी झुण्ड्याएर एकजना अधवैँसे मानिस हिँडिरहेका छन्। अगाडि ठुलो रुख पनि छ। जसले फिल्मको मौलिक कथा र कलात्मक प्रस्तुति रहने बुझ्न सकिन्छ।

महेश दवाडीको पटकथा तथा संवाद रहने फिल्म सरोज पौडेलको लेखन तथा निर्देशनमा बन्नेछ। फिल्म सारङ्गी बजाउँदै हिँड्ने गाइने समुदायको बाध्यता र सन्तानप्रतिको त्यागको कथामा आधारित हुने निर्माण टिमले जनाएको छ।

विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहने फिल्ममा रमेश चौलागाई र हरि श्रेष्ठ कार्यकारी निर्मातामा रहनेछन्। फिल्म आगामी वर्ष २०८२ सालमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 14 =