विमानको सिटमुनि भेटियो १ किलो सुन

हिमाल प्रेस ६ वैशाख २०८१ २१:३४
88
SHARES
विमानको सिटमुनि भेटियो १ किलो सुन सांकेतिक तस्बिर।

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको छ।

बुधबार ११ बजे अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भई भारतको दिल्लीबाट आई वे नं ५ मा रोकिएको फ्लाइट ६ ई ११५१ को इन्डिगो एयरको सिट नं २७ र  २८ को तलपट्टि बेवारिसे अवस्थामा उक्त सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए।

‘बेवारिसे अवस्थामा भेटिएको उक्त सुनमा सिक्री तीन, सुनको बिस्कुट थान ६, त्रिभुज आकारको सुनजस्तो देखिने पहेँलो रङको धातुको टुक्राहरु दुई, सिक्री जोड्ने स–साना रिङ दुई फेला परेको छ, सोको कूल अन्दाजी तौल एक किलो ७० ग्राम रहेको छ,’ उनले भने।

प्रकाशित: ६ वैशाख २०८१ २१:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 8 =