प्रहरीको अश्रुग्यासबाट घाइते राप्रपा नगर अध्यक्ष डाँगीको निधन

हिमाल प्रेस ३ वैशाख २०८१ ११:०७
48
SHARES
प्रहरीको अश्रुग्यासबाट घाइते राप्रपा नगर अध्यक्ष डाँगीको निधन राप्रपाले चैत २७ गते राजधानीमा गरेको प्रदर्शनका क्रममा भएको झडप। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलनका क्रममा घाइते भएका ठाकुरप्रसाद डाँगीको निधन भएको छ। बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष डाँगीको उपचारको क्रममा सोमबार बिहान छाउनी अस्पतालमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका हुन्।

चैत २७ गते राप्रपाले काठमाडौँमा गरेको आन्दोलनका क्रममा प्रहरीको अश्रुग्यास प्रहारबाट डाँगी घाइते भएका थिए। उच्च रक्तचाप र अश्रुग्यास प्रहारबाट उनको टाउको र श्वासप्रस्वासमा समस्या देखिएको थियो। प्रवक्ता श्रेष्ठका अनुसार डाँगीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि सोमबार १२ बजे राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिनेछ।

राप्रपाले नेपाल सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब सिर्जना गर्नेक्रममा चैत २७ गते काठमाडौँमा प्रदर्शन गरेको थियो। त्यस क्रममा सहरका विभिन्न क्षेत्रबाट आएको जुलुस निषेधित क्षेत्र उल्लंघन गर्ने प्रयास गरेपछि सिंहदरबारअगाडि भद्रकाली सडकमा प्रहरीसँग झडप भएको थियो।

जुलुसलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज, केही सेल अश्रुग्यास र पानीको फोहरासमेत प्रयोग गरिएको थियो। सोही झडपमा घाइते भएका डाँगीको उपचारका क्रममा निधन भएको हो।

प्रकाशित: ३ वैशाख २०८१ ११:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fourteen =