वार्षिक डेढ अर्बको राष्ट्रिय फल आयात गर्छ नेपाल

रमेश भारती ३० चैत २०८० १७:३१
42
SHARES
वार्षिक डेढ अर्बको राष्ट्रिय फल आयात गर्छ नेपाल फाइल तस्बिर- रासस

काठमाडौंँ- सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ। कृषि तथा पुशपन्छी विकास मन्त्रालय र नेपाल सुन्तला उत्पादन राष्ट्रिय सुन्तला जात बाली विकास केन्द्रले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्न सिफारिस गरेका थिए।

उक्त सिफारिसअनुसिार शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने निर्णय गरेको हो। कृषि मन्त्रालयले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्न २०७५/७६ मै सिफारिस गरेको थियो। त्यति बेला सरकारले अध्ययन नपुगेको भन्दै निर्णय गरेको थिएन।

कृषि मन्त्रालयका अनुसार नेपालमा १० लाख हेक्टर जमिनमा सुन्तला उत्पादन हुँदै आएको छ। मन्त्रालयकी प्रवक्ता सवनम सिवाकोटीले वार्षिक औसतमा १७ लाख ७७ हजार टन सुन्तला बजारमा आउने गरेको जानकारी दिइन्।

प्रवक्ता शिवाकोटीका अनुसार यो कृषि उत्पादकत्व ९.०१ प्रतिशत हो। नेपालमा कति सुन्तलाको माग हुन्छ भन्ने यकिन तथ्यांक छैन। नेपालमा वार्षिक २० लाख हजार टन सुन्तला उत्पादन हुने गरेको उनले बताइन्। ‘सुन्तलामा नेपाल आत्मनिर्भर छ जस्तो मलाई लाग्छ। यसबारे मन्त्रालयले थप अध्ययन गरिरहेको छ। आत्मनिर्भर नभएको अवस्थामा पनि सुन्तला राष्ट्रिय फलको मान्य दिनु राम्रो पक्ष हो’, उनले भनिन्।

यसैगरी सुन्तलाको आयात उच्च छ। चालु आर्थिक वर्षको आठ महिनामा एक अर्ब १० करोड रुपैयाँको सुन्तला आयात भएको भन्सार विभागको तथ्यांक छ। विभागका अनुसार अघिल्लो आर्थिक वर्षमा डेढ अर्बभन्दा बढीको सुन्तला आयात भएको थियो।

अनौपचारिक हिसाबले नेपाली सुन्तला विदेश निर्यात भइरहेको छ। नेपालमा उत्पादित सुन्तला भारत, बंगलादेश र पाकिस्तानमा निर्यात हुने गरेको उनको भनाइ छ।

कृषि मन्त्रालयका अनुसार देशका ६६ जिल्लामा सुन्तला प्रजातिका फल उत्पादन हुन्छन्। ५० जिल्लामा भने व्यावसायिक खेती हुँदै आएको प्रवक्ता शिवाकोटी बताउँछिन्। मन्त्रालयका अनुसार नेपालमा सुन्तला उत्पादन हुने क्षेत्रफल एक लाख ९८ हजार हेक्टर छ। सुन्तलाखेतीमा एक लाखभन्दा बढी किसान निर्भर छन्।

नेपालमा सुन्तला जातका फलफूलमा सुन्तला, जुनार, कागती, निबुवा, मौसम, ज्यामिर, भोगटे, बिमिरो हुन्। नेपाल सुन्तला उत्पादन राष्ट्रिय सुन्तला जात बाली विकास केन्द्रका अनुसार नेपालमा वार्षिक तीन अर्बभन्दा बढीको सुन्तला उत्पादन हुने गरेको छ।

नेपालमा अहिलेसम्म खानयोग्य प्रमाणित भएका ८१ वटा जातका फल छन्। व्यावसायिक रूपमा ६० वटाजति फलको खेती गरिन्छ। तराईमा आँप, केरा, लिची आदि उत्पादन हुन्छन्। मध्य पहाडको हकमा सुन्तला, कागती, जुनार, मौसम, भोगटे उत्पादन हुन्छ भने उच्च पहाडमा ओखर र स्याउ उत्पादन हुन्छ।

प्रकाशित: ३० चैत २०८० १७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =