‘द रेड सुटकेस’काे काठमाडौँमा प्रिमियर

हिमाल प्रेस २९ चैत २०८० ११:११
10
SHARES
‘द रेड सुटकेस’काे काठमाडौँमा प्रिमियर

काठमाडौँ- फिल्म ‘द रेड सुटकेस’ को नेपाल प्रिमियर गरिएकाे छ। उपत्यकाको सुन्धारास्थित सीडीसी सिनेमाजमा आयोजित भव्य प्रिमियरमा सहभागीहरुले फिल्मकाे कथावस्तु राम्राे बनेको प्रतिक्रिया दिए।

वरिष्ठ निर्देशक नीर शाहसहित प्रिमियरमा प्रा. डा. केदारभक्त माथेमा, सांसद रघुजी पन्त, अभिनेत्री मिरुना मगर, कवि विप्लव प्रतीक, अभिनेता विपिन कार्की, प्रवीण खतिवडालगायत थुप्रै सहभागी भए।

निर्देशक नीर शाहले फिल्मको अडियोग्राफ उत्कृष्ट रहेको बताए। ‘यो फिल्म हरेक कोणमा उत्कृष्ट छ। सिनेम्याटोग्राफी र अडियोग्राफी झनै उत्कृष्ट। अडियोग्राफीको दृष्टिकोणमा फिल्महरुमध्येकै उत्कृष्ट फिल्म हो,’ फिल्म हेरिसकेपछि शाहले भने, ‘युनिभर्सल मापदण्डमा अडियोग्राफीको काम भएको छ। यति राम्रो साउण्ड वर्क प्रायः हामीले फिल्ममा हेर्न पाउँदैनौं। अझ नेपाली फिल्ममा त बहुत कम हेर्न पाउँछौं।’

फिल्मका कलाकारहरुको तारिफ गर्दै उनले पात्रहरुले न्यायपूर्ण ढङ्गले जीवन्त अभिनय गरेको खुलेर तारिफ गरे। साथै उनले यसले नेपाली फिल्मको मापदण्डलाई माथि लैजान महात्वपूर्ण भूमिका खेल्ने जिकिर गरे।

चैत ३० अर्थात् भोलिदेखि प्रदर्शन हुने फिल्म वैदेशिक रोजगारी लागि विदेसिएका नेपालीका शव पुर्याउने एक ड्राइभरको दैनिकीमा आधारित छ। फिडेल देवकोटाकाे लेखन र निर्देशनमा बनेको फिल्ममा कलाकार सौगात मल्ल, प्रवीण खतिवडा, सृष्टि श्रेष्ठ, विपिन कार्कीलगायत कलाकारको अभिनय छ। फिल्म सुशन प्रजापतिले छायांकन र समन अलभितिगाले सम्पादन गरेका हुन्।

प्रकाशित: २९ चैत २०८० ११:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =