‘खजुरे ब्रो’ को पोस्टरमा रेयर, महेश, नीति र नवीन

हिमाल प्रेस २७ चैत २०८० १२:१७
26
SHARES
‘खजुरे ब्रो’ को पोस्टरमा रेयर, महेश, नीति र नवीन

काठमाडौँ- सुरज सुनुवार निर्देशित फिल्म ‘खजुरे ब्रो’ को पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा फिल्मका चार कलाकार अटाएका छन्।

कलाकार महेश त्रिपाठी, रियर राई, नीति शाह र नवीन मानन्धर हर्षित देखिएका छन्। कलाकार महेश हातमा पैसाकाे बाेकिरहेका छन्  रियर भने युवती सम्झिँदै बाइक हाँकीरहेका छन्। अर्का कलाकार नविन दीक्षिक विद्यार्थीको गेटअपमा छन्।

धरानका चर्चित व्यक्ति खजुरेको कथामा आधारित फिल्म वैशाख २८ गते प्रर्दशन हुनेछ। फिल्ममा रेयर, महेश, नीति र नवीनसहित प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ, पवन लिम्बु, दीप चन्द्र राईलगायत कलाकारको अभिनय छ।

कलाकार नविन मानन्धर तथा निर्देशक सुनुवारको निर्माण रहेको फिल्ममा सुनील श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह–निर्माता छन्। डायमण्ड उप्रेती कार्यकारी निर्माता हुन्। शिशिर बिसंखेको छायांकन रहेको फिल्ममा मित्र डि गुरूङको सम्पादन छ।

प्रकाशित: २७ चैत २०८० १२:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 20 =