घोडेजात्रामा घोडा दौड (तस्बिरहरू)

दिपेश श्रेष्ठ २६ चैत २०८० २०:११
48
SHARES
घोडेजात्रामा घोडा दौड (तस्बिरहरू)

काठमाडौँ- विभिन्न कार्यक्रम गरेर सोमबार घोडेजात्रा मनाइएको छ। सैनिक मञ्च टुँडिखेलमा अश्‍वकला प्रदर्शनीसहित घोडेजात्रा मनाइएको हो।

समारोहमा टांगन घोडा दौड, चार्जर घोडा दौड, टेन्ट पेगिङ, क्रस टेन्ट पेगिङ, शो-जम्प, म्युजिकल राइडका साथै सैनिक डगहरूको कला प्रदर्शन गरिएको थियो।

कार्यक्रममा राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरेलगायत सहभागी थिए।

समारोहमा राष्ट्रपतिले म्युजिकल राइडमा प्रथम र द्वितीय हुने उप सेनानी प्रसिद्ध बानियाँ र उपसेनानी निरोज थापा तथा सो-जम्पमा प्रथम र द्वितीय हुने सह सेनानी अशोक खकुरेल र प्युठ ओमप्रकाश यादवलाई पुरस्कार प्रदान गरे।

प्रकाशित: २६ चैत २०८० २०:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − four =