घोडेजात्रा सम्पन्न

हिमाल प्रेस ७ चैत २०७९ २०:१४
4
SHARES
घोडेजात्रा सम्पन्न

काठमाडौँ- नेपाली सेनाले घोडेजात्रा सम्पन्न भएको जानकारी दिएको छ। मंगलबार राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा सम्पन्न भएको हो।

घोडेजात्रामा टांगन घोडा दौड, चार्जर घोडा दौड, घोडचढी आर्चरी, टेन्ट पेगिङलगायत कार्यक्रम गरिएका थिए। त्यस्तै क्रस टेन्ट पेगिङ, शो–जम्प, म्युजिकल राइड, हंगेरियन पोष्ट, डगद्वारा झण्डोतोलन, ड्रिल राइड, गार्ड डगबाट कला प्रदर्शनलगायत घोडेजात्राको ईतिहास समेटिएको गिति नाटक गुरुमापाको कथा प्रस्तुत गरिएको थियो।

कार्यक्रममा म्युजिकल राइडमा प्रथम र द्वितीय हुने सहसेनानी रोजिना महत, सहसेनानी सफलता श्रेष्ठ, शो–जम्पमा प्रथम, द्वितीय हुने सहसेनानी राजेश श्रेष्ठ र अमल्दार रामशरण न्यौपानेलाई पुरस्कार प्रदान गरिएको थियो। पुरस्कार राष्ट्रपति एवं सेनाका परमाधीपति पौडेलबाट दिइएको थियो।

सो अवसरमा कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधान न्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख, प्रधान सेनापतिलगायत विभिन्न संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति थियो। त्यस्तै नेपाल सरकारका सचिवहरू, अन्य सुरक्षा निकायका प्रमुखहरू, नेपाल सरकारका विशिष्ट पदाधिकारीहरू र कूटनीतिक निकायका पदाधिकारीहरूको उपस्थिति थियो।

प्रकाशित: ७ चैत २०७९ २०:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 5 =