एमाले स्याङ्जाको अध्यक्षमा पुनः गैह्रे

हिमाल प्रेस २६ चैत २०८० ९:४३
8
SHARES
एमाले स्याङ्जाको अध्यक्षमा पुनः गैह्रे

स्याङ्जा- नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित भएका छन्। उनी यसअघि पनि एमाले स्याङ्जाको अध्यक्ष थिए।

उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र चीनमाया गुरुङ निर्विरोध चयन भएका नवौँ अधिवेशन निर्वाचन कमिटीका संयोजक टंकप्रसाद न्यौपानेले जानकारी दिए।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आज शपथ खुवाइने छ।

नवौँ अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र एक सय सदस्य गरी एक सय पाँचजनाको जिल्ला कमिटी चयन गरेको हो। एमाले स्याङ्जामा नौ हजार पाँच सय ४३ पार्टी सदस्य रहेका छन्।

नवौँ अधिवेशनमा स्याङ्जाका ११ स्थानीय तहका ९७ वडा कमिटी, पार्टीका जनसंगठन सबैको प्रतिनिधित्व हुने गरी कूल ६ सय नौ प्रतिनिधि सहभागी रहेका संयोजक न्यौपानेले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 7 =