लुम्बिनीको पाँचौँ मुख्यमन्त्री बने माओवादीका जोगबहादुर

हिमाल प्रेस २३ चैत २०८० १५:४३
6
SHARES
लुम्बिनीको पाँचौँ मुख्यमन्त्री बने माओवादीका जोगबहादुर

लुम्बिनी- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोगबहादुर महरा नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार माओवादी संसदीय दलका नेता महरालाई संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ‍।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालका अनुसार उनलाई ४८ सांसदले समर्थन गरेका थिए। केन्द्रीय सत्ता समीकरण फेरबदल भएसँगै त्यसको प्रभावस्वरुप प्रदेश सरकारमा पनि सत्ता गठबन्धन फेरिँदैछन्। यसअघि यहाँ माओवादीसहितको समर्थनमा कांग्रेस नेतृत्वको सरकार थियो। अहिले महरा माओवादीसहित नेकपा एमाले, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र प्रदेशसभा सदस्यले समर्थन गरेका छन्।  उनी लुम्बिनी प्रदेश सरकारको पाँचौँ मुख्यमन्त्री हुन्।

 

प्रकाशित: २३ चैत २०८० १५:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =