बहुमूल्य धातु क्वार्ज क्रिस्टल गोरखा दरबारमा प्रतिस्थापन [फोटो फिचर]

हिमाल प्रेस २३ चैत २०८० १३:३६
232
SHARES
बहुमूल्य धातु क्वार्ज क्रिस्टल गोरखा दरबारमा प्रतिस्थापन [फोटो फिचर]

गोरखा- पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल गोरखा दरबारमा प्रतिस्थापन गरिएको छ। आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा आयोजना गरेको कार्यक्रमका बीच उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन्।

साे अवसरमा प्रधानमन्त्रीले ऐतिहासिक र बहुमूल्य धातुको प्रतिस्थापन भएसँगै जिल्लाको महत्त्व अझ बढ्ने विश्वास व्यक्त गरे। उनले जिल्लाको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उल्लेख गरे।

गोरखा जिल्लाको जनप्रतिनिधिका हैसियतले यहाँको विकास निर्माणमा आफू निरन्तर लागिपर्ने विश्वास दिलाउँदै प्रधानमन्त्रीले गोरखकाली उद्योग, बूढीगण्डकी जलविद्युत आयोजना एवम् पार्क निर्माणमा आफूले चासो दिइरहेको बताए।

गोरखा जिल्लामा फेला पारिएको ५२.३३० केजीको उक्त धातु पुरातत्व विभागले बहुमूल्य भएको प्रमाणित गरेको थियो।

प्रकाशित: २३ चैत २०८० १३:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =