बालविकास केन्द्रको नक्साङ्कन मापदण्ड तयार

हिमाल प्रेस २३ चैत २०८० १३:१८
8.7k
SHARES
बालविकास केन्द्रको नक्साङ्कन मापदण्ड तयार

काठमाडाैँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बालविकास केन्द्रको नक्साङ्कन गर्नुपर्ने गरी मापदण्ड तयार गरेको छ।मन्त्रालयले विद्यालय स्थापना, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड-२०८० को प्रारम्भिक मस्यौदामा साे कुरा समावेश गरेको हाे।

मस्यौदामा बालविकास केन्द्रसम्बन्धी व्यवस्था

प्रारम्भिक बालविकास केन्द्रसम्बन्धी व्यवस्था : (१) स्थानीय तहले बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक विकासमा सहयोग गर्न र विद्यालय शिक्षाका लागि तयारी गर्न चार वर्ष उमेर पुगेका बालबालिकाका लागि प्रारम्भिक बालविकास केन्द्र सञ्चालन गर्न अनुमति दिन सक्नेछ।

(२) उपदफा (१) बमोजिमका केन्द्र सञ्चालन अनुमति दिदा प्रारम्भिक बालविकास केन्द्रको लागि प्रचलित मापदण्ड पूरा गरेको हुनु पर्नेछ।

(३) प्रारम्भिक बालविकास केन्द्र स्थापना तथा सञ्चालनसम्बन्धी अन्य व्यवस्था यस मापदण्ड, यससम्बन्धी जारी मापदण्ड तथा स्थानीय तहबाट निर्धारित अन्य व्यवस्था बमोजिम हुने गरी गर्नु पर्नेछ।

नक्साङ्कन

प्रारम्भिक बालविकास केन्द्रको नक्साङ्कन : (१) स्थानीय तहले हाल सञ्चालनमा रहेका प्रारम्भिक बालविकास केन्द्रको नक्साङ्कन गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिम प्रारम्भिक बालविकास केन्द्रको नक्साङ्कन गर्दा बालबालिकाको संख्याको आधारमा प्रतिविद्यालय एक बालविकास केन्द्र हुने गरी व्यवस्थापन गर्नु पर्नेछ।

(३) स्थानीय तहले हाल सञ्चालित प्रारम्भिक बालविकास केन्द्रलाई विद्यार्थी संख्याको आधारमा कायम गर्ने, घटाउने, बन्द गर्ने वा अन्य विद्यालयमा स्थानान्तरण गर्न सक्नेछ।

(४) स्थानीय तहले प्रचलित कानुन तथा यस मापदण्ड बमोजिम प्रारम्भिक बालविकास केन्द्रको स्थापना तथा सञ्चालन गर्दा नेपाल सरकारलाई थप आर्थिक दायित्व नपर्नेगरी गर्नु पर्नेछ।

(५) स्थानीय तहले केन्द्रबाट उपलब्ध संख्याभन्दा बढी प्रारम्भिक बालविकास केन्द्रको स्थापना तथा सञ्चालनको अनुमति दिदा स्थानीय तहबाट आर्थिक स्रोतको व्यवस्थापन हुने गरी गर्नु पर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =